शिक्षकको मागमा गैरजिम्मेवार सरकार

काठमाडौं । अघिल्ला दुई सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै देशभरका शिक्षक तीन सातादेखि राजधानीको सडकमा छन् । तर शिक्षकका मागप्रति कुनै प्रतिक्रिया जनाउन नसकेको सरकार चर्को आलोचनाबीच आन्दोलनलाई उपेक्षा गरिररहेको छ ।

सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि त प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पार्टीभित्रै असन्तुष्टि बढेको छ । सरकारबाट शिक्षकलाई वार्तामा बोलाएर माग सम्बोधन गर्न तत्परता देखाउनुको साटो थप चिढ्याउने काम गरिँदैछ ।

सोमबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । निजी विद्यालयमा पठनपाठन सुरु हुँदा शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा पढाइ सुरु हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *