नेपाली काँग्रेस ललितपुर क्षेत्र नं. १ को चुनाव प्रचारप्रसार समितिको संयोजक तथा कार्यवाहक सभापितमा वर्तमान क्षेत्रीय सचिव सुन्दरमान थिङलाइ जिम्मेवारी दिइएको छ ।  स्थानीय निवार्चन सम्पन्न नभएसम्मका लागि उनलाइ सभापति राजनप्रसाद घिमिरेले कार्यवाहककाे जिम्मेवारी दिएका हुन् ।  वर्तमान क्षेत्रीय सभापति राजनप्रसाद घिमिरे कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार भएपछि सचिव सुन्दरमान थिङलाई उक्त जिम्मेवारी दिइएको हो । महाधिवेशन प्रतिनिधि खोमप्रसाद घिमिरेले दिएको जानकारी अनुसार प्रचारप्रसार समितिमा ललितपुर क्षेत्र नं. १ भित्रका नेपाली काँग्रेसका सबै पदाधिकारीहरु सहित सम्पूर्ण क्रियाशील सदस्यहरु रहने छन् । वर्तमान क्षेत्रीय सचिव समेत रहेका थिङले पनि कोञ्ज्योसोम गाउँपालिकाको टिकटमा दावेदारी गरेका थिए । तर पार्टीले सभापति राजनप्रसाद घिमिरेलाई नै उम्मेदवार बनाएपछि उनी प्रचारप्रसार समितिको संयोजक भएर क्षेत्र नं. १ मा रहेका ३ वटै गाउँपालिकामा नेपाली काँग्रेसलाइ जिताउन क्रियाशील भएर लागेका हुन् ।
सुन्दरमान थिङ नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ मा अन्तन्तै क्रियाशील व्यक्तित्व सहेत हुन् । उनी १२ औँ महाधिवेशनबाट क्षेत्रीय सदस्यमा निर्वाचित भएका थिए  भने उनले पार्टीका विभिन्न तहमा रहेर काम गरिसकेका छन् । ललितपुरको मानिखेलमा जन्मेर राजनीतिक क्षेत्रमा क्रियाशील उनी मिलनसार युवा व्यक्तित्व सचिव सुन्दरमान थिङले आम सरोकारका प्रतिनिधिसंगको कुराकानीमा भने, ‘नेपाली कांग्रेसको नेतृतवमा मात्रै ललितपुर क्षेत्र नं. १ को विकास सम्भव छ यो पटकको स्थानीय निर्वाचनमा ललितपुर क्षेत्र नं. १ मा रहेका ३ वटै गाउँपालिकामा नेपाली कांग्रेसको विजय सम्भव छ ।’
लोकतन्त्रलाई आत्मसाथ गर्दै लोकतन्त्रको रक्षार्थ म हरेक चुनौती र जिम्मेवारीलाई वहन उनले वताए । थिङले भने, ‘समाज र मेरो गाउँठाउँलाई सकेको योगदान दिने रहर र उद्देश्यले अभिप्रेरित भई मैले पनि यस स्थानीय निकायको निर्वाचनमा गाऊँपालिका प्रमुखमा दावी गरेको थिएँ। तर पार्टीको आन्तरिक व्यवस्थापनका विविध पक्षहरुलाई मध्यनजर गर्दै पार्टीले मेरा सहयोद्दा तथा आत्मीय आदरणीय राजनप्रसाद घिमीरे र उहाँको टिमलाई सोही भूमिकामा उमेद्वारको रुपमा अघि सारेको छ। मैले मेरो समाज बदल्ने सपनालाई उहाँको नेतृत्वमार्फत स्थापित गराउने छु। ’