अाम सराेकार प्रतिनिधि
ललितपुर /२५ वैशाख, लामो समयपछि हुन लागेको यही वैशाख ३१ को स्थानीय निर्वाचन प्रदेश नं. ३, ४ र ६ को उम्मेदवारी दर्ता बैशाख १९ गते उल्लासमयरुपमा स्थनीय नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
पहिलो चरणमा हुन लागेको तीन प्रदेशका चार महानगर, एक उपमानगर, ९२ नगरपालिकासहित दुई सय ८३ स्थनीय तहमा बैशाख १९ गते मंगलबार शान्तिपूर्ण र उल्लासमयरुपमा उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्ता गराउने क्रममा ललितपुरमा भने बेग्लै तामझाम देखिएको थियो । ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिका तथा बागमती, कोञ्ज्योसोम र महाकाल गाउँपालिका समेत ६ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराउने क्रममा नेपाली कांग्रेस, एमाले, राप्रपा, माओवादीलगायतका दलहरुले नाराजुलुस सहित गएका थिए ।

ललितपुर महानगरपालिका
ललितपुर जिल्लाको एक मात्रै महानगरपालिका ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरमा चिरीबावु महर्जन र उपमेयरमा गीता सत्यालले उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुर महानगरपालिकामा नेपाली काँग्रेका तर्फबाट वडा नं  १ मा निर्मल तण्डुकार, वडा नं  २ मा पवन बिष्ट, वडा नं  ३ मा अर्जुन गुरुङ, वडा नं  ४ मा भक्तराज कर्णिकार, वडा नं  ५ नं वडा सानुलाल श्रेष्ठ, वडा नं  ६ मा हिटलर शाक्य, वडा नं  ७ मा कुल बहादुर महर्जन, वडा नं  ८ मा हेम महर्जन, वडा नं  ९ मा राजु महर्जन, वडा नं  १० मा कर्मलाल व्यञ्जनकार, वडा नं  ११ मा सुबिन्द्र खड्की, वडा नं  १२ मा रविन जोशी, वडा नं  १३ मा गणेश के.सी, वडा नं  १४ मा रामबाबु महत, वडा नं  १५ मा मणिराज बिष्ट, वडा नं  १६ मा निर्मल रत्न शाक्य, वडा नं  १७ मा तिर्थ महर्जन, वडा नं  १८ मा महेश खड्का, वडा नं  १९ मा उद्धव श्रेष्ठ, वडा नं  २० मा चन्द्र लाल महर्जन, वडा नं  २१ मा बेखामुनी डंगोल, वडा नं  २२ मा तिलकमान शाक्य, वडा नं  २३ मा नेत्र कुमारी अर्याल, वडा नं  २४ मा सुदर्शन घिमिरे, वडा नं  २५ मा राजेन्द्र केसी (राजु), वडा नं  २६ मा पूर्ण डंगोल, वडा नं  २७ मा बाबुराजा महर्जन, वडा नं  २८ मा किशोर महर्जन र वडा नं  २९ मा अमृत महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

गोदावरी नगरपालिका
गोदावरी नगरपालिकाको मेयरमा कांग्रेसको तर्फबाट गजेन्द्र महर्जन, उपमेयरमा मुना अधिकारले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेका तर्फबाट वडा अध्यक्षहरुमा वडा नं. १ बाट हरिहर कार्की, वडा नं. २ बाट मनोहर सिल्वाल, वडा नं. ३ बाट सुदन सिलवाल, वडा नं. ४ बाट सरोज आचार्य, वडा नं. ५ बाट मिलन सिलवाल, वडा नं. ६ बाट विष्णुमान महर्जन,  वडा नं. ७ बाट गिरीप्रसाद तिमल्सिना, वडा नं. ८ बाट दिपक लामा, वडा नं. ९ बाट आत्मराम थापा, वडा नं. १० बाट शेखर न्यौपाने, वडा नं. ११ बाट सुरज श्रेष्ठ, वडा नं. १२ बाट जगत महर्जन, वडा नं. १३ बाट सानुभाई थापा र वडा नं. १४ बाट राजेन्द्र महर्जनले उम्मेदवारी दिएका छन् ।
महालक्ष्मी नगरपालिका

महालक्ष्मी नगरपालिकाको मेयरमा कांग्रेसको तर्फबाट महेश खड्का उप मेयरमा लक्ष्मी श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यसैगरी वडा अध्यक्षहरुमा वडा नं. १ इमाडाेल दुरसचार नयाँ बस्तीबाट शेखर केसी, वडा नं. २ बालकुमारी पुलपारीबाट राजेश सुवेदी, वडा नं. ३ बाट जय केसी, वडा नं. ४ बाट पुष्प केसी , वडा नं. ५ बाट विनोद थापा, वडा नं. ६बाट बासु महर्जन, वडा नं. ७ बाट नन्द केसी, वडा नं. ८ बाट श्याम माेहन श्रेष्ठ,  वडा नं. ९ बाट – जयकृष्ण वाेगटी र  वडा नं. १० अध्यक्ष – पेमा लामाले उम्मेदवारी दिएका छन् ।
बागमती गाउँपालिका
सात वटा गाविसहरु मिलेर बनेको बागमती गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा वीर बहादुर लोप्चन र उपाध्यक्षमा रञ्जना तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । वडा अध्यक्षमा वडा नं १. घुसेलबाट जगत लामा, वडा नं २. माल्टाबाट विजयकुमार लो, वडा नं ३. भट्टेडाँडाबाट बिष्णुप्रसाद तिमल्सिना, वडा नं ४. प्युटारबाट नारायण घले, वडा नं ५. इकुडोलबाट तुलसीप्रसाद सञ्जेल, वडा नं ६. आश्राङबाट नारायण भोम्जन र वडा नं ७. गिम्दीबाट बद्री ढोडारीले उम्मेदवारी दर्ता गराएका छन् ।

कोञ्ज्योसोम गाउँपालिका

पाँच वटा वटा गाविसहरु मिलेर बनेको कोञ्ज्योसोम गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्षमा राजनप्रसाद घिमिरे र उपाध्यक्षमा लक्ष्मीमायाँ लोप्चनले उम्मेदवारी दर्ता गराएका छन् । वडाअध्यक्षहरुमा वडा नं १ चौघरेबाट चित्रराज थिङ, वडा नं. २ शंखुबाट अमर लामा, वडा नं. ३ दल्चोकीबाट तिलक लामा, वडा नं. ४ नल्लुबाट तिर्थ लामा, वडा नं. ५ भरदेउबाट दिपक लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

महाँकाल गाउँपालिका
त्यसैगरी महाँकाल गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्षमा भीमसेन घिमिरे र उपाध्यक्षमा सुशीला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । वडाअध्यक्षहरुमा वडा नं १ बुखेलबाट चन्द्रप्रसाद तिमल्सिना, वडा नं. २ मानिखेलबाट भीमलाल स्याङ्तान, वडा नं. ३ गोटिखेलबाट राजेन्द्रकुमार अधिकारी, वडा नं. ४ कालेश्वरबाट कृष्णप्रसाद तिमल्सिना (सिताराम), वडा नं. ५ चन्दनपुरबाट खोमप्रसाद दाहाल र वडा नं. ७ ठुलादुर्लुङबाट बाबुलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।