अाम सराेकार प्रतिनिधि
ललितपुर /२८ चैत, विभिन्न पार्टीहरु परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुकाे लहर चलेकाे छ । अाज ललितपुरमा पुष्परत्न शाक्यकाे नेतृत्वमा ५० जना भन्दा बढि व्यक्तित्व नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्यले उनीहरुलाइ नेपाली काँग्रेसमा प्रवेश गराएका हुन् । पार्टीमा प्रवेश गर्नेहरुलाइ सम्वाेधन गर्दै सभापति अमात्यले कम्युनिस्ट विचारले मुलुकलाई समृद्धि तर्फ उन्मुख गराउन नसक्ने उल्लेख गर्दै पार्टीमा सबैलाइ खुला हृदयले स्वागत तत्पर रहेकाे वताए ।
पुष्परत्न शाक्यले नेपाली काँग्रेस नै राष्ट्रकाे अग्रणी पार्टी भएकाे र नेपाली काँग्रेसकाे अग्रसरतामा मात्रै मुलुक समृद्ध नेपाल बन्न सक्ने भएकाले अाफुहरु पार्टीमा समाहित हुन चाहेकाे वताए । नेपाली काँग्रेस ललितपुर महानगरपालिका वडा नं ५ का सभापति सानुलाल श्रेष्ठले उहाँहरुकाे सक्रियताले नेपाली काँग्रेसलाई अझ सशक्त वनाउन सहज हुने वताए ।