अाम सराेकार प्रतिनिधि
ललितपुर /२८ चैत, नेकपा (एमाले) ललितपुरले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बैसाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि पार्टीको उम्मेदवारहरुलाइ जिताउनका लागि केन्द्रीय कमिटी सदस्य एवम् सुशिला नेपालको संयोजकत्वमा १००७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारको अध्यक्षतामा बसेको वैठकले निर्वाचन परिचालन कमिटी गरेकाे हाे । कमिटीमा जिल्लामा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू, जिल्लास्तरीय विभागका सबै सदस्यहरू, निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, जिल्ला कमिटीका पूर्वसदस्यहरू, क्षेत्रीय कमिटीका पूर्वपदाधिकारीहरू, जिल्लामा सदस्यता रहेका जनवर्गीय संगठनका केन्द्रीय समितिका सबै, जनवर्गीय संगठनका जिल्ला कमिटी सदस्यलगायत सबैलाई समेटिएको एमाले ललितपुरले जनाएको छ ।
नेकपा एमालेले जिल्ला कमिटीले उम्मेदवार चयनको मापदण्ड र मितिसमेत तय गरेको छ । सबै वडा कमिटीबाट अाज २८ गतेसम्म उम्मेदवार सिफारिस गर्न निर्देशन गरेकाे हाे । गाउँ पालिका तथा नगरपालिकास्तरका कमिटीबाट यही चैत ३० गतेभित्र उम्मेदवार सिफारिस गर्न समेत बैठकले निर्देश गरेको एमाले पार्टी ललितपुरले जनाएकाे छ ।

त्यसैगरी ललितपुर महानगरपालिकामा चुनावी तयारीका प्रदेश कमिटी सदस्य मिठाराम शर्मा बजगाईंको संयोजकत्वमा पाँच सय २९ सदस्यीय महानगरस्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
नेकपा एमाले ललितपुरकाे साेही बैठकले केन्द्रीय सदस्य सुशीला नेपाल कै संयोजकत्वमा २३ सदस्यीय जिल्लास्तरीय घोषणा पत्र मस्यौदा समिति समेत गठन गरेको छ ।
जिल्ला कमिटी बैठकले पूर्वजिल्ला कमिटी सदस्यहरूसहित १५ जनालाई सल्लाहकार मनोनयन गरेको समेत नेकपा (एमाले) ललितपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।