अाम सराेकार प्रतिनिधि
ललितपुर /२६ चैत,
नेपाल कम्युनिस्ट पार्टी ललितपुरले दुई जनालाई अाज कार्वाही गरेको छ। पार्टीका जिल्लाका सदस्यहरु सविन्द्र महर्जन र केशव देशारले पार्टीको अनुशासन विरुद्ध गतिविधि गरेकोले उनीहरुलाइ कार्वाही गरिएको जिल्ला सेक्रेटरी विपिन घिमिरेले अाम सराेकारलाइ जानकारी दिए ।

उनीहरुले कम्युनिष्ट पार्टीकाे नीतिरर सिद्धान्त विपरीत साङ्गाठनिक अराजकता गरेको, आर्थिक अनियमितता गरेको पुष्टि भएकोले पार्टीबाट निष्कासनको कार्वाही गरिएको उक्त पार्टीले जनाएको छ। निष्काशित दुबै जना केही समय अगाडीदेखि नै पार्टीको बिचार, आदर्श र अनुशाशनबाट बिचलित रहेको नेकपा ललितपुरले जनाएको छ।