अाम सराेकार प्रतिनिधि
ललितपुर /२५ चैत,
खानीखोला हाइड्रोपावर कम्पनीकाे चाैथाे वार्षिक साधरणसभा सम्पन्न भएकाे छ । सभामा कम्पनीको वार्षिक प्रतिवेदन, वित्तीय विवरण प्रस्तुत गरिएको थियो । धुम्र बाराह पार्टी प्यालेसमा सम्पन्न साधारणसभाले सर्वसाधारण शेयरधनीहरुकाेतर्फबाट दुई जना सञ्चालकहरु निर्विरोध चयन गरेकाे छ । सञ्चालक समितिमा चयन हुनेहरुमा ललितपुर जिल्ला इकुडाेल निवासी भीमसेन घिमिरे “विपिन” र काठमाडौ निवासी चिरञ्जीवी कार्की रहेका छन् । सात जना रहने सञ्चालक समितिमा संस्थापक शेयर सदस्यहरूकाेतर्फबाट अगाडि नै चयन भइसकेका छन् ।
कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न सभाले वार्षिक प्रतिवेदन, वितिय विवरण सर्वसम्मतिले पारित गरेकाे छ । कम्पनीले ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री गरेको छ भने उद्योगबाट प्रभावित क्षेत्रका स्थानीयवासीहरुलाई ४ लाख ६५ हजार कित्ता सेयर वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको छ। ललितपुरको खानीखोलामा कम्पनीले निर्माण गरेको ४.३६ मेगावाट क्षमताको विद्युत आयोजनाबाट हाल विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई विक्री गरिरहेकाे छ ।
यसका साधारणसभामा कम्पनीकाे लागतमा निर्माणधिन १४ दशमलव ९ मेवा उत्पादन क्षमता भएको माया खोला जलविद्युत आयोजना सन् २०१९ डिसेम्बरसम्ममा सम्पन्न भइ विद्युत उत्पादन शुरू गर्ने लक्ष्य रहेकाे जानकारी सभामा गराइएकाे छ ।