ध्रुव अधिकारी

अहिले नेपाली राजनीतिक चेतनाको कुरा गर्दा निकै अग्रस्थानमा छन् । उनीहरुले अफ्नो राष्ट्र र राष्ट्रियता बचाउन सामुहिक हितका विषयमा दिनप्रति दिन चासो बढाउँदै लगेका छन् । तर, नेपालीको प्रतिनिधित्व गर्ने संस्थाहरु राज्य, सरकार, राजनीतिक पार्टी भने आफ्ना नेतृत्वका कारण दिनप्रति दिन बदनाम  हुँदै गइरहेका छन् । जनताका यी संस्थाप्रतिको विश्वास यतिसम्म घटिसकेको छ कि देशमा अहिले चरम असन्तुष्टि र निराशाको कालो बादल मडारिँदै गएको छ । अनि, यही कालो बादलले लोकतन्त्रिक गणतन्त्र लगायत हाम्रो ऐतिहासिक उपलब्धिलाई छायामा पार्दै मुलुकलाई गन्तव्यहिन बनाइरहेको छ ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी मुलुकमा स्थायित्व कायम गर्ने जिम्मावारी राजनीतिक पार्टीलाई सुम्पिइएको थियो । तर, शीर्ष नेतृत्वले आफ्नो अक्षमता देखाउँदै जनचाहाना विपरित सत्ताको चाबी र नेपाली जनताप्रतिको उत्तरदायित्वसमेत प्रधानन्यायाधीशलाई कुनै दिन सुम्पिएको थियो । नेतृत्वमा छँदा केही गर्न नसकेका दलका यी शीर्ष नेताले राजनीतिक संयन्त्रका नाममा जतिसुकै नाटक गरे पनि यथास्थितिमा यसले मुलुकलाई निकास दिन सम्भव छैन । त्यसैकारण नागरिक समाज, राजनीतिक, राजनीतिक कार्यकर्ता र अन्य सचेत नागरिकले विभिन्न विकल्पमा छलफल चलाएका थिए । बैकल्पिक बाटो खोज्ने क्रममा अहिले तीन थरी विचार प्रकट भएका छन् ।
१. एउटा एकीकृत जनक्रान्तिद्वारा साढे दुइ दशकदेखि निरन्तर अभ्यास गर्दै आएको संसदिय व्यवस्थाका विरुद्ध अघि बढ्दै वबैज्ञानिक समाजवादी राज्य सत्ता स्थापनाका लागि संघर्ष गर्नुपर्ने लम्पसार, आत्मासमर्पणवाद राष्ट्रघाती  विरुद्ध राष्ट्रवादी देशभक्त सवै नेपालीलाई गोलबन्द गर्दै राष्ट्र राष्ट्रियता बचाउँदै देश र जनतालाई समृद्धि बनाउन चाहाने विचार !  अर्को जसले शीर्षत्वको पगरी गुथी सत्ता हत्याउने दाउमा मात्र रमाइरहेको वर्तमान राजनीतिक नेतृत्वको चेत खुलाएर तिनीहरुलाई नै सही मार्गमा ल्याउन अनेकौ प्रयत्न गरिरहेको छ । अनि अर्को जसले राजनीतिमा अन्योलताको सम्पूर्ण दोष मुलुकले लिएको गणतन्त्रात्मक बाटो नै हो भन्ने निष्कर्ष निकाल्दै देशमा कुनै न कुनै रुपमा पुनराजतन्त्र कायम होस भन्ने चाहन्छ ।
लोकतन्त्रमा निर्वादरुपले आफ्नो विचार राख्ने छुट जो कसैलाई हुन्छ नै, त्यसैले राजतन्त्र पुनःस्थापनाको माग गर्नेले पनि आफ्नो विचार राख्दै जाउन् । तर, त्यस विषयहरुमा धेरै बहस गरिराख्न भने आवश्यक देखिँदैन । किनकि आफ्नै आन्तरिक कारणबाट मच्चिएको दरवार हत्याकाण्डले  परम्परागत राजतन्त्रमा क्रमभंगता ल्याइदिएपछि कृतिम राजाको रुपमा राजनीतिक मञ्चमा देखापरेको ज्ञानेन्द्र शाहले  प्रजात्रन्तमाथि धावा बोल्दा जनताले राजतन्त्रलाई नै सदाका लागि इतिहासमा सीमित गरिसकेका छन् । अबका दिनमा पृथ्वीनारयण शाहको योगदानको अवमुल्यन कसैले पनि गर्नु हुँदैन । तर पटकपटक प्रजातन्त्रमाथि हमला गर्ने समान्ती संस्कारको नाइकेको रुपमा चिनिएको राजतन्त्र आधुनिक नेपालका जनताको एकताको प्रतिक भने कदापि हुन सक्दैन । यसैले एकीकृत जनक्रान्तिद्वारा असफल संसदीय व्यवस्था विरुद्ध अघि बढ्दै वैज्ञानिक समाजवादी राज्य सत्ता स्थापनाका लागि संघर्ष गर्ने वा नसच्चिने नवसामन्त संसदवादी नेताहरुलाई सचेत पार्नतिर लाग्ने वा राजतन्त्रको पक्षपोषण गर्ने ?  यी तन थरि विचारमध्ये पहिलो विचारलाई नै अहिलेका नयाँ पुस्ता सचेत नागरिक धेरैले सर्मथन गरिरहेका छन् । विदेशीका अगाडी लम्पसार परेर राष्ट्रिय स्वधिनतामाथि आँच पु¥याउने लगायत  शीर्ष नेताको थुपै अक्षम क्रियाकलापले नै मुलुकलाई अहिलेको अवस्थामा ल्याइ पु¥याएको हो ।
त्यतिमात्र होइन केही नेताले आफू अक्षम भए पनि मृत्यु शैय्यामा नपुगुनजेलका लागि राजनीतिलाई निर्विकल्प पेशा बनाई जनताका नाममा मनपरी निर्णय गर्दै गणतन्त्रका नयाँ राजाका रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।
सामन्ती चरित्रको नेतृत्व गर्ने पुरातनवादी राजालाई राजनितिक मञ्चबाट किनारा लगाउने, अनि इतिहासको कुनै  एक कालखण्डमा राजनीतिक भुमिका निभाएकै कारण सधैँभरि सत्ताको लुछाचुडिमा रमाइरहने  अर्काथरि यि नवसामन्ति र नवराजालाई चाहिँ मनपरी गर्न दिइ नै रहने ? यो कसरी सम्भव छ ? त्यसैले छलफलको क्रममा उठेका माथि उल्लिखित दुई विचारले अहिलेको यथार्थतालाई सम्वोधन गर्न सक्दैनन् । लोकतिन्त्रीक मान्यताअनुसार एउटा दल हुदाँ अर्का दल विकल्पमा चुनिन्छ । तर यहाँ समस्या एउटा दलको असफलतासँग जोडिएको छैन, अहिलेको समस्याको जड नै सवै दलका पुरानो संस्कार र सामान्ती चरित्र बोकेका शिर्ष नेता हुन् । छिमेकी नै भए पनि नजिकै रहेको धमिलो पानीमा  माछा मार्ने हरेक राष्ट्रको स्वार्थी चरित्र हुन्छ । आफ्नो त्यहि चरित्रअनुरुप माझीले पनि आफ्नो गतिविधिमा दियोले देश भित्र सल्किएको आगोमा घिउँ थप्ने कामा भएको छ । विगत कुनै खास समय र काल खण्डमा कुनै नेताको स्वाविक भुमिका रहेको भए पनि त्यो व्यक्ति सधैँभरि महत्वपुर्ण राजनीतिक नेताको रुपमा रहनै पर्छ भन्नै छैन । त्यस्तौ भैहालेमा देशको सामाजिक र राजनितिक विकासमा ठुलो अबरोध पुग्न जान्छ । जुन कुरा अहिलेको राजनीतिक अन्यौलले प्रस्ट पारिरहेको छ ।
राजनितिक र सामाजिक परिवर्तनको नेतृत्व गर्न चाहने तर आफ्ु स्वय्मा परिवर्तन ल्याउन भने रतिभर सोच्न नचाहने प्रवृतिले अहिलेको राजनितिकलाई वन्धक बनाइरखेको छ । त्यसैले आफुलाई र्निविकल्प नेताको रुपमा उभ्याइएका वर्तमान शिर्ष राजनितीक नेतृत्वलाई विस्थापित गर्दै रहेक राजनितिक दलका शिक्षित, सिर्जनशिल र नयाँ आधुनिक प्रवृधिसँग अव्यस्त हुदै गरेका युवा तथा वयस्क नेतालाई नयाँ नेपाल निर्माणको काम सुन्पिनका लागि सघर्ष गर्नु नै अहिलेको सहि र उचित मार्ग हो ।  हुन त नयाँ पुस्ताको नेताको आफ्नो पार्टी भित्रका पुराना असक्षम नेताको एकछत्र राज तोड्न प्रयास गरेको देखिन्छ । तर शिर्ष नेताले दोस्रो र तेसो पुस्ताका नेता तथा कार्यकर्तालाई सके विभिन्न किसिमका प्रलोभन देखाएर नसके अनुसासनको ढण्डा बजाएर भए पनि आफ्नो बसमा राख्ने गरेका छन् । अहिलेका राजनीतीकका मुख्य खलनायक आफ्नो पार्टीका शिर्ष नेताहरु हुन भन्ने थाहा हुदा हुदै पनि  नयाँ पुस्ताका नेताले आफ्नो भविष्य के हुने भन्नै डरले त्यता तिर औला ठडाउन सकेका छैनन् । परिणम औचित्य समाप्त भैसकेका र सामान्ती संस्कार बोकेका नेताको पञ्जाबाट राजनीतीक पार्टीहरुलाई मुक्त गराउने केही जुझारु युवा नेताको चाहना अहिलेसम्म केबल मृगतृष्णा मात्र सिमित भएको छ । नेपाल आमाले प्रजात्रान्त्रिक अधिकारहरु हरण गरिएका इतिहासका अन्य विभिन्न कालखण्डमा माग गरेझैँ अहिले पनि बलिदानी र सहादाताको माग गरेकी हुन कि भन्ने पनि लाग्छ । तर अको  कुरा के हो भने अहिले त केवल आफुले प्राप्त गरेको लोकतान्त्रिक अधिकारलाई सचेतपूर्वक प्रयोग गदै इतिहास भजाएर खाइरहेका सबै राजनीतिक पार्टीका असक्षम नेताहरुलाई आगामी चुनावमा पराजित मात्र होइन  तिरस्कार गरि दण्डित गर्न र नयाँ पुस्ताका नेतालाई सहयोग पुर्याउने  आहाव भैरहेको छ  । इतिहास र जनआन्दोलनको भावनाप्रति गद्धारी गरिरहेका सवै शीर्ष नेताले जनयुद्ध जनआन्दोलनका भावना विपरित काम कार्वाही गर्ने गराउने गरेकमा त्यति नै बढी ती शीर्ष नेतालाई आगामी दिनमा पाखा लगाउनेको संख्या बैढ्दै जाने छ । यसका उदाहरण दोस्रो संविधानसभाको निर्वाचनमा केही नमुना देखिएका छन् । हारेका नेतालाई विजयको घोषणा गरेको भन्ने पनि सुन्नमा आएका थियो । यसैगरि शीर्ष असक्षम लम्पसार विस्तारवादी इसारामा चल्ने संसदवादी दलाल चरित्र बोकेका नेताहरुलाई विफल बनाउने अभियानले तिव्रता लिनसाथ अहिलेका नेताहरु अतालिने छन् र सहमतिको विन्दु खोज्ने छन् । त्यसैले सत्ता मोहले लिप्त वर्तमान नेताहरुलाई दण्डीत गर्न इन्टरनेटमा विभिन्न सामाजिक सञ्जाल मार्फत र स्थानियस्तरमा विभिन्न चेतनामुलक कार्यक्रमको माध्यमबाट नागरिक समाज संचार जगत क्रान्तिकारी राष्ट्रवादी देशभक्त राजनीतिक नेता कार्यकर्ता युवा सबै मिलेर सचेत पारौँ । पूर्वराजा ज्ञानेद्रलाई किनारा लगाएझैँ यी नेताहरुलाई पनि आगामी  चुनावको समयमा सदाका लागि इतिहासमा सिमति पार्न जब हामी जनतालाई तयार पर्ने छाँ । तब मात्र देशमा जनताको संविधान नयाँ बन्न सम्भव छ । र हामी सबैले आफुलाई जातजातिर क्षेत्र तथा समुदायको भन्दा पनि एक स्वभिमानी नेपालीको रुपमा उभ्यिाउने सक्ने वातावरण पनि तयार पर्न सक्नेछौँ ।
(अधिकारी नेपाल कम्युनिष्ट पार्टी, ललितपुरका जिल्ला जनसरकार प्रमुख हुन् ।)