सञ्जीववीर बज्राचार्य
ललितपुर/१५ पौष, वरिष्ठ कलाकार रत्न बेहोसी बज्राचार्यलाई एक समारोहकाबीच लोकगायकको उपाधिबाट सम्मानित गरिएको छ ।

कलाकार परिषदले यही २०७३ पौष २ गते शनिबार राजधानीमा ललितपुरको अग्नि पार्टर्ीीयालेसमा आयोजित ‘रत्न बेहासी सम्मान साँझ’ नामक कार्यक्रममा उक्त उपाधि प्रदान गरिएको हो । उक्त समारोह सम्मानित रत्न बेहोसी र प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई कार्यक्रमस्थल प्रवेशद्वारमा स्वागत गरी सुरु भएको थियो ।

बेहोसीको जीवनसम्बन्धी भिडियो बायोग्राफी पर््रदर्शनपश्चात सुरजवीर बज्राचार्य, दबल शाक्य, भूपेन्द्र बज्राचार्य, नील शाक्य, किशोरकुमार शाही, अमर चित्रकार, राजेश महर्जन, नारायणदेवी महर्जन, रीना महर्जन र नारायणबहादुर महर्जन लगायतले लोकगायक बेहोशीया विभिन्न लोकप्रिय गीतहरुको मेडली प्रस्तुत् गरेका थिए ।behosi

६ दशकदेखि कला क्षेत्रका गायन, वादन, रचना, सङ्गीत, अभिनय, नृत्य कलाकार तथा निर्देशन, ख्यालः, दबूप्याखं कलाकार,संगीतकार-निर्देशन, चलचित्र संगीत, भजन सिर्जना पुस्तक लेखनलगायत विधाहरुमा सक्रिय बेहोशीको कलाकार यात्रा भने बाल्यकालमै शुरु भएको थियो । कलाले भरिएको पारिवारिक वातावरणमा हर्ुर्केका बेहोशीको जीवनले अनेक उताडचढाव देखेको छ । सङ्गीतले परिवार पाल्न नसकी आयकै लागि सडक पसल चलाउनु पर्ने अवस्थाले पनि विचलित बनाउन नसकेको  बहुप्रतिभाशाली लोकगायकको उपाधिले विभूषित कलाकार बेहोशी आफ्नो छोराको निधनको दुःखद् घडीमा पनि दागवत्ती दिएपछि फर्केर आफ्नो जिम्मेवारी नाटक मञ्चनमा सक्रिय भएको कलाप्रतिको त्यो र्समर्पण पनि समाजले भुलेको छैन । यी व्यक्तित्वको सम्मानमा वरिष्ठ कलाकार स्वयम्भूराज शाक्यले टोपी अर्पण  गरेका थिए भने कलाकार परिषद तदर्थ समितिका तर्फाट सञ्जय शर्मा राजोपाध्यायले नेवार परम्परागत शैलीमा माछा, अन्डा सगुन दिएका थिए ।

प्रमुख अतिथि श्रेष्ठले बेताली बाँधी, दोसल्ला ओढाइ, फूलमाला लगाएपश्चात सम्मानपत्र हस्तान्तरण गरेका थिए भने कार्यक्रमका संयोजक सुरज ब्यञ्जनकारले आयोजकको तर्फार २५ हजार रुपैयाँ लोकगायक बेहोसीलाई हस्तान्तरण गरेका थिए ।

दर्शकदर्ीघाबाटसमेत स्वतस्फर्ूत रुपमा सम्मान गर्दै सहयोग हस्तान्तरण गर्ने क्रममा अमला उत्थान सङ्गीत कोषबाट २५ हजार, लूनिभाः स्टेशनरीबाट रामगोपाल महर्जनले १० हजार, प|mेन्ड र्सकल ब्याडमिन्टन क्लब, सातदोबाटोबाट १० हजार, कविना महर्जनबाट ६ हजार, माइला महर्जनबाट ५ हजार, तर्ीथ महर्जनबाट ५ हजार, कृष्णगोविन्द महर्जनबाट ५ हजार रुपैयाँ गरी ९१ हजार रुपैयाँ लोकगायक बेहोसीको लागि सहयोग गरिएको थियो भने मनकामना दर्शन सेवा, ढुङ्गाअड्डा, कलङ्कीबाट ३ जनाको लागि बस, खाना, केवलकार सम्मिलित प्याकेज सम्मानित लोकगायक रत्न बेहोसीलाई हस्तान्तरण गर्नुभएको थियो भने सहभागीका लागि १०५ छुटको सुविधा समेत उद्घोष गरेका थिए ।

सम्मान ग्रहणपश्चात हौसिएका लोकगायक बेहोसीले आफ्नो मन्तव्य राख्दै गीतसमेत प्रस्तुत् गरेका थिए । कार्यक्रमको दोस्रो भागमा सांस्कृतिक कार्यक्रमको सुरुवात कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको मन्तव्य एवम् गीतबाट भएको थियो भने कार्यक्रममा वरिष्ठ कलाकार अमरराज शर्मा, स्वयम्भूराज शाक्य, लोकप्रिय गायक सानुबाबु महर्जन र निशा देसारले गीत प्रस्तुत् गरेका थिए ।

राजेशमान सिंहको लेखन तथा निर्देशनमा कलाकारहरु कृष्णभक्त महर्जन, सुरज श्रेष्ठ ‘बकंफुस्लु’ र अनिता ताम्रकारले ‘ध्याष्ट्रिक’ ख्यालः प्रस्तुत् गरेका थिए  । कलाकार महर्जनको निर्देशनमा रोजी महर्जन, ज्योति महर्जन र आरती केसीले नृत्य प्रस्तुत गरेका थिए भने मोहन ब्यञ्जनकारको निर्देशनमा रिता महर्जन, मैँया महर्जन, सजनी महर्जन, दिपु महर्जन, विनिता महर्जन, सपना महर्जनले प्रस्तुत गरेको थिए । यही नृत्य कलाकारहरुका साथ संयुक्ता शर्मा राजोपाध्याय, सिर्जना शाक्यसमेतको सहभागितामा अर्को नृत्य सञ्जय शर्मा राजोपाध्यायको निर्देशनमा प्रस्तुत भएको थिए भने आफ्नै निर्देशनमा स्वजन रघुवंशीको साथमा कृपा बज्राचार्यले नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुतिकै क्रममा आराध्य लक्ष्मी खड्गीले आफ्नै परिकल्पनामा विभिन्न लोकप्रिय गीतहरुमा समायोजन गरी तयार पारिएको नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा चर्चित संगीतकारहरु इश्वर जोशी, मिलेश तण्डुकार, मिलन तण्डुकारले विभिन्न लोकप्रिय शास्त्रीय तथा लोकधुन प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here