ललितपुर/ ३० जेष्ठ

नेपाल बार एसोसिएसन काठ्माण्डौ शाखामा  नेपाली काँग्रेसको भातृसंस्था डीएलए समर्थक उम्मेदवार लक्ष्मण थपलियाको प्यानलले जीत हाँसिल गरेको छ । डीएलएबाट दुई छुट्टा छुट्टै उम्मेदवार र प्रगतीशील अनि गणतान्त्रिकले गठबनधन बनाएर चुनावी मैदानमा उत्रेका थिए । लोकतान्त्रिक कानुन ब्यावशायीले प्रगतीशील र गणतान्त्रिक गठबनधनलाई भारी मत अन्तरले हराएका छन् । अध्यक्ष, सचिब, कोषाध्यक्ष समेत सबै पदमा एमाले निकट प्रगतीशील र माओबादी केन्द्र निकट गणतान्त्रीक कानुनब्यवशायीको गठबन्धimgbar1नलाई केन्द्रीय बारमा भन्दा पनि बलियो अन्तरले डेमोक्याटिक लयर्स एसोसिएसन काठ्माण्डौले गतिलो झापड दिएको छ ।
कानुन ब्याबशायीमा पुराना र बिश्वासिला ब्यक्ति लक्ष्मण थपलीया आफ्नो टीम सहित काठ्माण्डौ बारको अध्यक्ष चुनिएका छन् ।

निर्वाचित हुनेहरु अध्यक्षमा लक्ष्मण थपलिया, उपाध्यक्षमा मदन रेग्मी, सचिवमा रामचन्द्र कार्की, सहसचिवमा रञ्जिता कार्की, कोषध्यक्षमा सञ्जिक कुमार लामा रहेका छन् ।