
ललितपुर/ जेष्ठ ३०
नेकपा एमाले ललितपुर क्षेत्र नं. १ को तेस्रो क्षेत्रीय अधिवेशन आज सम्पन्न भएको छ । तेस्रो क्षेत्रीय अधिवेशनबाट प्रभाकर थापा सर्बसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी सर्वसम्मत निर्वाचित हुनेहरु उपाध्यक्षमा कबिन्द्र लामा, सचिबमा पुरुषोत्तम हुमागाई, उपसचिबमा राजेन्द्र न्यौपाने छन् । अधिवेशनमा पार्टीका १९० जना प्रतिनिधिहरुले भाग लिएको जानकारी नवराज घिमिरेले आम सरोकार अनलाइनलाई जानकारी दिए ।
हिजो शनिवारबाट सुरु भएका अधिवेशनकोे उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवाली ज्ञवालीले गर्नु भएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तब्य व्यक्त गर्नुहँदै सचिव ज्ञवालीले संविधानको सफल कार्यान्ववयन र बजेट कार्यान्वयन गर्नु नेकपा एमालेको प्रमुख कार्यभार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वसांसद एवं केन्द्रीय सदस्य सुशीला नेपाल, पूर्वसांसद मिठाराम शर्मा बजगाई, किसान महासंघका केन्द्रीय सदस्य सुरेन्द्रमोहन शर्मा बजगाईलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।