दोलखा/२८ पौष, दोलखाको मेलुङ गाउँपालिकाका एक वृद्धाले एक सय पाँच वर्षको उमेरमा नागरिकता पाएकी छिन् । गाउँपालिकाको वडा नम्बर ३ तल्लो घ्याङकी दुर्गामाया कार्कीले १०५ वर्षमा नागरिकता पाएकी हुन् । १९७२ साल भदौ १८ गते जन्मिएकी उनलाई वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यलय दोलखाले नेपाली नागरिकताको प्रमाणपत्र दिइएको प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले जानकारी दिए ।

मंगलबार २२–०१–७७–०१८८८ नम्बरको नागरिकता पाएसंगै दोलखामा यति धेरै उमेरमा नागरिकता प्राप्त गर्ने उनी पहिलो नागरिक भएकी छिन। दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर –४ मालुबाट २००१ सालमा इन्द्र बहादुर कार्कीसँग बिवाह भई मेलुङ पुगेकी उनी छोरी ६ वर्षको हुँदा श्रीमानसँग छुट्टिएर माईत गएर बसेकी थिइन् ।

उनी हाल मालु स्थित छोरीको घरमा बस्दै आएकी छिन भने नागरिकता प्रमाणपत्रका लागि मेलुङको भतिजो गोकुल कार्की सनाखतमा बसेका हुन्। नागरिकता प्राप्त भएसँगै उनलाई सामाजिक सुरक्षा भत्ता तथा राज्यको अन्य सेवा सुविधा प्रदान गर्न सहज हुने मेलुङ गाउँपालिकाको प्रवक्ता एवम् वडा नम्बर –३का वडा अध्यक्ष हिरा थोकरले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here