काठमाण्डौ/१२ पौष, राष्ट्रपति विद्यादेवी भण्डारीले १७ पुसमा राष्ट्रिय सभा अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले १७ पुसको अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभा अधिवेशन आह्वानको पत्र संसद् सचिवालयमा पुगेको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here