ललितपुर/ ११ पौष, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारको असंवैधानिक कदमको बिरोध गर्न आव्हान गरेका छन् । ओली सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिएको विरोधमा काँग्रेसले पौष १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा गर्ने बिरोध प्रदर्शनमा व्यापक सहभागिताका लागि देउवाले सबैमा अपिल गरेका हुन्।

नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार संसद् विघटन विरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन हुने भएको हो । कांग्रेस सभापति देउवाले शनिवार एक अपिल जारी गर्दै पार्टीका सम्पूर्ण तहाका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर उक्त कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न पनि हार्दिक अपिल गरेका छन् ।
ओली सरकारको गैर संवैधानिक कदमका विरुद्ध सिंगो कांग्रेस सम्पूर्ण रुपले एकमतका साथ उभिएको उल्लेख गर्दै उनले जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात अहिले सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित गरेको पनि बताए।

गत आइतबार सरकारले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here