काठमाण्डौ/११ पौष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले शनिबार प्रचण्ड–नेपाल समूहका नेताहरुसँग छलफल गरेका छन्। अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान नेता गौतम छलफलका लागि पुगेका थिए। उपाध्यक्ष गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार उपाध्यक्ष गौतम बिहान खुमलटार पुगेका हुन्।

गौतम, प्रचण्ड र नेपाल बीच करिब एक घण्टा समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ । नेता गौतमको सचिवालयका अनुसार छलफलमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागिता थियो । बैठकमा उपाध्यक्ष गौतमले यसअघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एक बनाई नेकपा बनाउनेमा आफ्नो भूमिका महत्वपूर्ण रहेको स्मरण गराउदै फुटको सँघारमा पुगेका दुई समूहलाई पुनः एकीकृत गर्ने अभियानमा आफू अन्तिम समयसम्म लागिरहने अडान दोहोर्याएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here