काठमाण्डौ,कार्तिक २६ ।प्रधानमन्त्रीको तर्फबाट प्रतिनिधिसभाको राज्य व्यवस्था समिति बैठकमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुगलमा सर्च गरेर नक्सा प्रयोग गर्दा नेपालको निशान छापमा प्रयोग भएको नक्सा त्रुटीपूर्ण भएको स्वीकार गरेकी छिन्।

मन्त्री अर्यालले नेपालको निशान छापको नक्सामा त्रुटी भएको स्वीकार गर्दै, नेपालको नापी विभागले पछिल्लोपटक जारी गरेको नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरिएको बताइन्।

नेपालको संविधानको अनुसूचीमा नेपालको निशान छाप राखिएको छ। निशान छापमा प्रयोग भएको नक्साका विषयमा सांसद तथा सीमाविद्हरूले प्रश्न उठाउँदै आएका छन्।
समिति बैठकमा सांसदहरूले लिम्पियाधुराबाट बगेर आउने नदी नै काली(महाकाली) नदी भएको र त्यसबाट पूर्वपट्टिको भाग नेपाल भएको र सुगौली सन्धीमा नै काली नदी पूर्वको भाग नेपाल भएको उल्लेख भएकाले लिम्पियाधुरा पनि नेपाल भएको जिकिर सांसदहरूले गरेका छन् ।

समिति बैठकमा अर्यालले २०३४ साल अघिसम्म नेपालले आफ्नो नक्सा आफैं बनाउन नसक्ने अवस्था रहेको र भारतले नै जारी गर्ने गरेका कारण समस्या भएको त्यो खालको सामर्थ्य हामीसँग थिएन’,र ’२०३४ देखि २०६२ सम्म नाप नक्सा भएको वताईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here