काठमाण्डौ,कार्तिक २६ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपाका नेता तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख सल्लाहकारबाट परिवर्तन हुने कुरा ‘हल्ला साबित’ हुने दाबी गरेका छन्।

उनले रिमाल प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली अभियानको भरोसायोग्य सारथी हो’ भन्दै प्रमुख सल्लाहकार परिवर्तन हल्ला साबित हुने दाबी गरेका हुन्।

केही दिनअघि प्रधानमन्त्री सचिवालयका सल्लाहकारहरूले राजीनामा दिए पनि रिमालले राजीनामा दिएका थिएनन्।

पोखरेलले रिमाललाई प्रमुख सल्लाहकारबाट हटाएर पोखरेललाई ल्याइन लागेको चर्चाबीच यस्तो भनाइ सार्वजनिक गरेका हुन्।

पोखरेल प्रधानमन्त्री ओलीनिकट नेता मानिन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here