काठमाडौं,कार्तिक १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि नेकपाका तर्फबाट उम्मेदवारका टुङ्गो लगाउन नसकेपछि भोलीलाई सारिएको हो।

बैठकमा समय अभावको कारणले निर्णय लिन नसकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिदै भोली टुङ्गो लाग्ने बताएका छन् ।

‘क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिसहरु अध्ययन गरेका छौं, त्यमाथि प्रारम्भिक अध्ययन भैरहेका छन् प्रवक्ता श्रेष्ठले भने,‘अहिले समयको अभावको काराणले भोलीको बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुङ्गो लगाउने बताए ।’

उनले प्रधानमन्त्रीको थप उपचार आउन बाँकी रिपोर्टको आधारमा गरिने पनि जानकारी दिए। ‘प्रधानमन्त्री सिकिस्त भएको अवस्था हैन, तर पनि उहाँको स्वास्थ्यको केही रिपोर्ट आउन बाँकी छ’ उनले भने,‘अहिले उहाँ सामान्य आवस्थामा काम गरिरहनु भएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here