काठमाडौं/२२ असार, नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले कसैको दबावमा जनतालाई बीस खुवाइरहेको आरोप लगाएका छन्। नेता थापाले प्रतिनिधिसभाको आजको बैठकमा विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दबाबमा जनतालाई विष खुवाइरहेको आरोप लगाएका हुन्।

सरकारले केही दिन पहिले भारतबाट आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण गरी विषादीयुक्त भएको प्रमाणित गरेको थियो ।

बैठकमा अधिकाँश सांसदहरुले भारतीय दूतावासको दबाबपछि विषादीयुक्त फलफूल तथा तरकारी आयात खुला गरेको आरोप लगाएका थिए । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दबाबमा जनतालाई विष खुवाइरहेको आरोप लगाए ।

सांसद गौरीशङ्कर चौधरीले भारतबाट आयात भइरहेको फलफूल तथा तरकारीको आयात रोक्न आग्रह गरे । अर्का सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीको विषादी परीक्षण गर्न सरकारको ध्यानाकर्षण गरिन् । सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाउँपालिकामा पहिरोले जनधनको क्षति पुगेकाले घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । उनले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here