ललितपु/१० असार, ललितपुर महानगरपालिकाले चौथा नगरसभामा आर्थिक वर्ष २०७६/०७७ को बजेट, नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । मंगलबार ललितपुरमा भएको नगरसभामा महानगरका मेयर चिरीबावु महर्जनले ५ अर्व १७ करोड ९६ लाख ३२ हजार रुपैयाको वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।

मेयर महर्जनले ललितपुरका सांस्कृतिक सम्पदा संरक्षण र पुननिर्माणमा जोड दिने वताए। नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै महानगरभित्र अव बन्ने पूर्वाधार अपाङ्गगतामैत्री हुने वताए । नगरपालिकाभित्रका वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियान प्राथामिकतामा रहेको स्पष्ट पारे । नगरसभामा प्रस्तुत नीति, कार्यक्रम भनिएको छ, ‘प्रत्येक वडामा न्यूनतम् १ सार्वजनिक शौचालय र सार्वजनिक स्थल उपलब्ध भएसम्म एक हरियाली पार्क निर्माण गर्ने नीति’ लिइनेछ।’ मंगलबजार, जावलाखेल, लगनखेल लगायतका स्थानमा तोकिएको संरचना र अवधिअनुसार सञ्चालनमा ल्याउने गरी निजी सार्वजनिक साझेदारी अवधारणामा सार्वजनिक शौचालय निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

ललितपुर महानगरपालिकाकाृ वडा नं. २४ मा महानगरीय सभा गृह र वडा नं. २७ मा महानगरीय अस्पताल निर्माणका लागि डिपिआर तयार गरी कार्यान्वयनमा ल्याउने विषयलाई पनि नीति तथा कार्यक्रममा प्राथामिकताका साथ उल्लेख गरिएको छ। यसैगरी महानगरीय व्यवसायिक शिक्षालय निर्माणका लागि उपयुक्त स्थानको खोजी गरेर डिपिआर तयार गरिने उल्लेख छ ।

नेपाल विद्युत प्राविधकरण, नेपाल टेलिकम, नेपाल दुरसञ्चार प्राधिकरणको समन्वयमा महानगरपालिकाभित्रका ऐतिहासिक पुरातात्विक पर्यटकीय स्थलमा रहेका विद्युतीय तारहरुलाई हटाउने कार्यको थालनी गर्ने मेयरद्धारा प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ।

पाटन सम्पदा क्षेत्रमा मोटरसाइकल समेतलाई निशेधित क्षेत्र घोषणा गर्ने र नगर क्षेत्रमा विद्युतीय गाडीलाई प्राथामिकता दिइने विषयलाई पनि महानगरको नीति कार्यक्रममा समावेश गरिएको छ । त्यसैगरी नक्सा दर्ता गरी दुई वर्षसम्म सम्पर्कमा नआएका घरधनीहरुको नक्सा स्वतः खारेज हुने र दर्ता नक्सा लगतबाट कट्टा गरिने उल्लेख छ ।
वि.सं.१९९० को भूकम्पमा परी लोप भएका महानगर क्षेत्र भित्र रहेका सम्पदाहरुको पुनः निर्माणको गर्ने विषयलाई महानगरले प्राथामिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरेको छ। यसको सुरुवात पाटन दरबार क्षेत्र भित्र रहेका मन्दिरहरुको पुनःनिर्माणबाट सुरु गर्ने नीति महानगरको छ ।

ऐतिहासिक ढुङ्गेधारा तथा ईनार संरक्षण गर्ने हेतुले आकाशेपानी संकलन प्रणाली अनुसार घर निर्माण कार्यलाई प्रोत्साहन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै टिकाभैरब राजकुलो १ र २ लाई महानगर भित्र ल्याउने र कृषि योग्य जमिनमा सिंचाई गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्ने विषयलाई महानगरले नीति तथा कार्यक्रममा समेटेको छ ।
एक घर एक उद्यमीको अवधारणावाट नगरमा रहेका प्रत्येक घरमा उद्यम सृजना गर्ने गरी क्षमता विकासका कार्यक्रम सन्चालन गर्ने नीति ललितपुर महानगरको रहेको छ । त्यसैगरी महिला उद्यमीद्धारा उत्पादित सामानहरु विक्री प्रवद्र्धनको प्रचारप्रसार गर्न महानगरपालिकाको स्वामित्वमा रहेका पसल कवलमध्ये एउटा पसलमा महिला उद्यमीहरुबाट उत्पादित सामानहरुको विक्री वितरण गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

उपमेयर गीता सत्यालले बजेट विनियोजितको कार्यान्वयन गर्दा अत्यन्तै सचेत भएर काम गर्न सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने वताइन् । उपमेयर सत्यालले ललितपुर महानगर कला, संस्कृति र सम्पदाको शहर भएकाले आगामी आर्थिक वर्षको बजेटमा यी क्षेत्र प्रथामिकतामा परेको वताइन्। उनले सार्वजनिक सेवा प्रवाह सुशासन र पारदर्शिता महानगरको मूल मन्त्र भएको स्पष्ट पारिन् । उनले लैङ्गिक तथा घरेलु हिँसा नियन्त्रण गर्न कानूनको अभिमुखीकरण सञ्चालन गर्ने वताइन्।
उपमेयर सत्यालका अनुसार ललितपुर महानगरले बालमन्त्री स्थानीय तह निर्माण गर्न वालवालिकाको स्थितिपत्र, पाश्र्वचित्र तयार गरी सोका आधारमा बाल रणनीतिक योजना तर्जुमा गर्ने छ।

ललितपुर महानगरको आर्थिक वर्ष २०७६/०७७ को बजेटको पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here