ललितपुर/७ असार, पुनः निर्माण गरिएको बुङ्गमतीको ‘पोः पुखुु’को समुदघाटन सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बीच रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल–भूटानका डिस्ट्रिक गभर्र्नर चिन्तामणि भट्टराई र ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जनले संयुक्त रुपमा गरेका हुन् । रोटरी इन्टरनेशनलको ग्लोवल ग्रान्ट अन्तर्गत बुङ्गमतीको ‘पोः पुखुु’को पुनः निर्माण गरिएको हो । बुङ्गमतीको ‘पोः पुखुु’ निर्माणका लागि रोटरी इन्टरनेशनलको ग्लोवल ग्रान्टले २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । ललितपुर महानगरपालिका वडा नं. २२ र स्थानीयहरुले यो पोखरी निर्माणका लागि समन्वय र सहकार्य गरेर काम सम्पन्न गर्न महत्वपूर्ण योगदान गरेका थिए ।

समुदघाटन समारोहमा मन्तब्य राख्दै रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल–भूटानका डिस्ट्रिक गभर्र्नर चिन्तामणि भट्टराइले समाज सुधारका लागि आवश्यक कामहरु गर्ने प्रयत्नस्वरुप रोटरी इन्टरनेशनलको ग्लोवल ग्रान्ट अन्तर्गत यो पोखरी निर्माण भएको वताए । डिस्ट्रिक गभर्र्नर भट्टराइले रोटरी समाजसंग संग्लग्न भएर काम गर्दा गर्दै परिस्कृत भएको संस्था वताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जनले महानगरसंग पछि जोडिन आएका बुङ्गमती, खोकनालगायतका वडाहरुको विकासका लागि प्राथामिकता दिने वताए । मेयर महर्जनले भने,‘ तत्कालीन उपमहानगरपालिकालाई ललितपुर महानगरपालिका वनाउनका लागि महानगरपालिकामा जोडिएका वडाहरुको विकासलाई प्राथामिकता दिएर आगाडि बढ्ने छौ। यहाँका नागरिकहरुको लिभिङ स्टायण्र्ड महानगरमा रहेका कोर एरियाका नागरिकहरुको सरह बनाउन ढिलो गर्ने छैनौं।’ मेयर महर्जनले महानगरपालिकाका कोर एरियाका पुराना वडाहरुलाई भन्दा महानगरमा पछि जोडिएका वडाहरुको विकासका लागि बढि बजेट विनियोजन गर्ने वताए।

https://youtu.be/wLlukn_cT1I 

डब्लुु एच ओको स्टायण्डर्डअनुसार रहन योग्य शहर हुनका लागि ३३ प्रतिशत खुल्ला क्षेत्र हुनुपर्ने उल्लेख गर्दै मेयर महर्जनले भने, ‘हामीसंग ललितपुर महानगरपालिकाभित्र ३–४ प्रतिशत पनि खुल्ला भूभाग छैन, भएको पनि अतिक्रमण गरिएका छन्। ती अतिक्रमित भूभागहरुलाई महानगरको स्वााित्वमा ल्याई बगैचा, पार्क निर्माण गरेर खुला राख्नका लागि पहल गरिरहेका छौं।’ लगनखेलको न्हु पोखरी निर्माणको कार्य भइरहेको वताउँदै मेयर महर्जनले भने, ‘पिम्बहाल पोखरी ज्यादै आकर्षक बनेको छ, पूर्णचण्डीमा यही मनसुनभरमा पानी भर्छौ, त्यस्तै लगनखेलको सप्तपाताल पोखरीको पनि मर्मत गरेर आकर्षक बनाउने छौं।’ मेयर महर्जनले डब्लुु एच ओको स्टायण्डर्डअनुसार शहरी जीवनस्तर कायम राख्नका लागि निरन्तर प्रयन्तशील भएर लाग्ने वताए। उनले भने, ‘सर्वसाधारणको इच्छा र आकाँक्षालाई पहिलो प्राथामिकता राखेर हामी अगाडी बढ्छौं। यसमा कुनै सम्झौता गर्दैनौं ।’

रोटरी क्लव अफ सिङ्गापुरका प्रतिनिधि ओमकार श्रेष्ठले बुङ्गमतीको पोः पुखुु नमुना पोखरी भएको वताए । पो: पुखु समुदघाटन कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. २२ का अध्यक्ष अम्बीरराज शाक्यको सभापतित्वमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here