काठमाण्डौं/७ असार,(हलिउड खवर) नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेल जापानका एउटा अन्तरक्रियामा प्रश्नको सामना गर्न नसकेर भागेका छन्। जापान भ्रमणमा रहेका निगमका अध्यक्ष खरेल र निर्देशक टंकनिधि दाहाल जुन २१, २०१९ मा ओसाका पुगेका थिए। ओसाकामा सीमित ट्राभल एजेन्सीका प्रतिनिधिहरूसँग गोप्य रुपमा डिनर तय भएको थियो। सो स्थानमा करीब ४० जना नेपाली पुगेका थिए।

बिधिबत जानकारी र अप्रत्यक्ष केही नेपालीलाई मात्र जानकारी थियो । नेपालीहरु पनि कार्यक्रम हुनेमा द्धिविधामा थिए । आधिकारिक जानकारी नभएपनि अन्योलका बीच राष्ट्रिय प्रतिष्ठा जोडिएको बिषय भएकोले नेपालीहरु स्वतस्फुर्त त्यहाँ पुगेका थिए। जापानी समयअनुसार साँझको ६ बजे रेस्टुरेन्टमा पुगेका अध्यक्ष खरेल सहितको नेपाली टोली ८ बजे जापानी पाहुनाहरुलाई बिदाई गर्ने निहुमा बाहिर निस्किएर फरार भएका थिए।

किन नेपालीहरुलाई अपमानित गर्दै बिना जानकारी भागे खरेल ?

साँझको ६:०० बजे सिमित आमन्त्रित जापानिजहरुसंगको चिनजान कार्यक्रम भयो। जसलाई नेपाल एयरलाइनका पर्सनल एजेन्ट पाएका मध्येका एक भनिएका सुनिल केसीले सहजता गराएका थिए। त्यसपछि उपस्थित नेपालीहरुले खरेलसंग केही जिज्ञासा राख्ने विचार गरे। खरेल पक्षले त्यसलाई सुन्नु पर्ने बाध्यता थियो।

त्यसै क्रममा केही नेपालीहरुलाई कन्ट्री म्यानेजर सन्तोष पाण्डेले एकएक गरि बाहिर लगे। उनीहरुलाई त्यहाँ केही पनि नबोल्न र प्रश्न नसोध्न दबाब दिइरहेका थिए। कसैलाई कानेखुसी अनुरोध त कसैलाई हेपाहा प्रवृतिमा दबाब दिइरहेका थिए। यसैका बाबजुद नेपालीहरूले ओसाका उडान कहिले हुन्छ, यहाँबाट उडान नै नगर्न खोजिएको हो भनेर सोधेका थिए।

नेपाल एयर्लाइन्सका प्रबक्ताले जापानमा बिद्यार्थी जाने समय जुलाई हो तर हाम्रो उडान जुलाई ४ बाट भएकोले सबै भन्दा बढी बिद्यार्थी जाने समयलाइ समेट्न सक्ने  वताए। उनैले टिकट एउटा भन्दा बिक्री भएन भनेर संचार माध्यममा बिज्ञप्ति निकाले र फेरी लगतै १५० टिकट बिक्री भएको भनेर बिज्ञप्ति आयो।

बिद्यार्थीकै हकमा कुरा गर्दा जापानमा अध्ययनको लागि सबैभन्दा प्रमुख इन्टेक अप्रिल हो। त्यसपछि अक्टोबर हो भने जुलाई भनेको अत्यन्त न्यून संख्यामा आउने सिजन हो। यस्तो सत्यतालाइ लुकाएर प्रबक्ताले कान्साईबासी नेपालीलाइ मात्रै नभएर सम्पूर्ण जापानबासी नेपालीलाइ लज्जित गराउने काम गरे। नेपाल एअर्लाइन्सलाइ डुबाउने खालको लज्जास्पद तर्क किन दिए। यसमा तपाईहरुले क्षमा याचना गर्नुपर्छ कि पर्दैन जस्ता प्रश्नहरू गरेपछि खरेल नेपालीहरूसँग एकाएक अशोभनीय तरिकाले प्रस्तुत भएका थिए।

त्यसपछि नेपाल एयरलाइन्सका जापानस्थित कन्ट्री डाइरेक्टर सन्तोष पाण्डेले केही नेपालीलाई एक्लाएक्लै लगेर निरन्तर सम्झाउने कोशिश समेत गरिरहेका थिए। प्रश्न कै क्रममा जापानमा नेपाल एयर्लाइन्सको साख जोगाएर राख्ने देवमान हिराचन जसलाई नेपाल एयर्लाइन्सको नै विशेष अनुरोधमा २००७ मा नेपाल एयरलाइन बन्द भएदेखि हालसम्म अधिकारिक प्रतिनिधि अधिकार दिएको छ र सम्पूर्ण कार्य गर्दागर्दै आज उनलाई नै बाइपास गर्न खोजे जस्तो गरेर जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई आफैंले निमन्त्रणा पठाउन लगाएर देशको इज्जतलाइ नै ख्याल नगरी किन तपाईहरु यहाँ भनेर प्रश्न थपियो ?

त्यो प्रश्न थपिने बित्तिकै खरेल एकाएक आक्रमक शैलीमा अशोभनीय तरिकाले प्रस्तुत हुँदै ३०-४० बर्षदेखि म यो पेशामा छु, के गर्नुपर्छ? कस्तो गर्नुपर्छ ? मलाई तिमीहरुले सिकाउनु पर्छ? को हो देवमान हिराचन भनेको ? भन्दै यो नेपालीहरु जहाँ गए पनि शोमत नै हुदैन, भनेर घटिया शैलीमा जापानिज पाहुनाहरुको अगाडी नै गैरजिम्मेवार तरिकाले प्रस्तुत भएका थिए। यति भएपछि स्थितिलाइ खरेल आफैले असामान्य बनाउन खोजे पनि उपस्थितहरुले आफ्नो पदीय मर्यादालाइ ख्याल गरेर जिम्मेवार भएर जवाफ दिन अनुरोध गरे।

किन आक्रोशित भए नेपालीहरु?

भद्र सहमतिमा अन्तरक्रिया गरौ भनेर सबैजना खानपिन गर्न लागे। जब खानपिन सकियो तब आमन्त्रित जापानिजहरुलाई पठाउने भनेर अध्यक्ष खरेल बाहिर निस्किए । आमन्त्रित जापानिजहरुलाई पठाउने भनेर बाहिर निस्किएका अध्यक्ष खरेल भागिसकेका थिए। हल भित्र प्रतिक्षा गरेर बसेका नेपालीहरुलाई अध्यक्ष खरेल भागिसकेको पत्तै भएन।

१५-२० मिनेटसम्म पनि खरेल भित्र नपसेपछि केही नेपालीहरु बाहिर आएर व्यक्तिव्यक्तिमा खासखुस गरिरहे । कन्ट्रीम्यानेजरलार्इ जिज्ञासा राख्दा उहाँ अर्को मिटिंग जानुभयो भन्ने जवाफ दिए। अनि फेरी केहीलार्इ आराम गर्न फर्किनु भयो भन्ने जवाफ दिए। त्यतिखेरसम्म संगै आएका निर्देशक टंकनिधि दाहाल भने त्यही थिए।

पाण्डेको गैरजिम्मेवार शैलीबाट सहभागीहरु आक्रोशित भए। अध्यक्ष खरेललाई प्रश्न गर्दा खेरि तिमीहरुको अगाडी म छदै छु त। तिमीहरु सबैलाइ म मिलाउछु भन्दै असभ्य भाषामा उपस्थितहरुसंग पेश भए। त्यसपछि तपाईले कसलाई तिमी भनेको सभ्य रहेर बोल्न सिक्नु ओसाका आएको ८ महिना भैसक्दा पनि तपाईको उपलब्धि के हो ? तपाई गैरजिम्मेवार नालायकबाट यहाँ केही हुदैन। खरेललाइ तत्काल लिएर आउनुस नत्र परिस्थिति अर्कै हुन पनि सक्छ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने हेपाहा प्रवृतिका पाण्डे प्रति उपस्थित सबै खानिए।

अनि मैले बोल्न जानिन मलाइ माफ गर्दिनु होला, म आफुलाई सुधार्ने प्रयास गर्छु भन्दै १० औलाले हात जोडेर भिडसंग माफ माग्दै आफुले खरेललाइ लिएर आउने बचन दिएर उनि निक्लिए। न त पाण्डे आए न त खरेल नै आए। कान्साईका नेपालीहरु भने रातको अबेरसम्म कुरेर बसी नै रहे।

रातको २२:०० बजेसम्म कोही नआएपपछि सहभागीहरु झनै आक्रोशित भए। उपस्थितहरुले राष्ट्रको इज्जतलाइ लिलाम गर्ने ठगहरुबाट अपमानित हुनुपरेको महसुस गरे।  खरेल बसेको होटल मै गएर भएपनि भेट्ने निधो गर्दै अन्तरक्रियाका सहभागीहरु त्यसतर्फ लागे ।

खरेल बसेको भनिएको च्ष्तश ऋबचतियल होटल (जो संसारको सबै भन्दा महँगो होटलमा पर्छ) मा गए। यो बिचमा निरन्तर कन्ट्री म्यानेजर सन्तोष पाण्डेसंग सम्पर्क गर्ने प्रयत्न गरिरहे । तर उनको फोन अफ भएको संकेत आइसकेको थियो। झन्डै १५ जनाको समूह खरेल बसेको होटलमा पुगे । उनी अझै होटलमा फर्की नसकेको खबर आयो । खरेल र उनको समूह ओसाकाकै एक रात्री बजार तिर रहेको भन्ने खबर प्राप्त भयो। रातको २३:३० सम्म पनि खरेल होटलमा नआएपछि कान्साईवासी नेपालीहरु बिना भेट फर्किन बाध्य भए।

एनआरएनए एनसीसी जापानको सल्लाहकार लगायत विभिन्न संघ/संस्था, राजनीति दलका प्रतिनिधिहरु राष्ट्र र राष्ट्रिय गौरबको बिशेष चिन्तासंग जोडिएको बिषय भएकोले अन्तरक्रियामा जोडिन पुगेका थिए।

स्वीकृति पाइसकेको ओसाकाको उडान घोषित मितिमा नगरी राष्ट्रको इज्जत नेपालीहरुको इज्जत मर्ममा चोट पुर्याउदै राष्ट्रिय ध्वजाबाहकलाइ धरासयी बनाउने खेलमा खरेल लागेको निश्चित थियो। यति मात्र होइन बिचौलियाहरुको चलखेलमा अस्वाभाविक जबर्जस्त भ्रमण गरेर राष्ट्रिय ढिकुटीलाइ रित्तो बनाउने काम गरेको र उपस्थित नेपालीलाइ अपशब्द र अभद्र ब्यबहार गर्दै भागेर हिडेका थिए। यो सबैको पछाडी कन्ट्री म्यनेजर सन्तोष पाण्डे पनि दोषी छन् । मदन खरेल र सन्तोष पाण्डेले सार्बजनिक रुपमा माफी माग्नु पर्ने भन्दै कान्साई निवासी नेपालीहरू आक्रोशित छन् ।

@हलिउडखवर डटकमको सहकार्यमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here