काठमाडौं/६ असार, पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संयोजक बाबुराम भट्टाईले नेवार समुदायका ज्वाई प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुलाई सर्तक हुन आग्रह गरेका छन्। गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रदर्शनलाई संकेत गर्दै उनले ज्वाईंहरु सर्तक हुनपर्ने बेला आएको बताएका हुन्। उनले भने, ‘ससुरालीले अगुल्टो उचालेकोले अब ज्वाईंहरु सर्तक हुनुपर्ने बेला आएको छ ।’

भट्टराइले भने, ‘हामी खस आर्य समुदायले एउटा उखान बनाएका छौं, ज्वाईं न स्वाईं अगुल्टाले च्वाईँ,’ ‘अस्ति माईतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले, यसबाट हाम्रा ज्वाईं प्रधानमन्त्री, ज्वाईं उपप्रधानमन्त्री, ज्वाईं मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।’डाक्टर भट्टराईले यति भन्दै गर्दा नेपाली कांग्रेसका सांसद्हरुले टेबुल ठोकेर समर्थन जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here