ललितपुर/१८ जेठ, नेपालको आदिवासी नेवार समुदायको पहिचानलाई उजागर गर्ने उद्देश्यले नेवाः आइडल प्रतियोगिता हुने भएको छ । लहना मिडिया प्रा.लि.द्धारा शुक्रबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनका प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराइएको हो ।

नेपालको आदिवासी नेवार समुदाय पनि विश्वको कुनै बर्ग तथा सम्प्रदाय भन्दा कम छैन भन्ने सोचका साथ यो प्रतियोगिता गर्न लागिएको लहना मिडिया प्रा.लि.का अध्यक्ष तथा प्रकाशक नृपेन्द्रलाल श्रेष्ठले वताए ।

नेवार समुदायको पहिचान, कला, संस्कृति र भेषभूषलाई सांगीतिक रुपमा उजागर पार्ने उद्देश्यले पहिलोपल्ट नेवाः आइडल गर्न लागिएको जनाइको छ। लहना मिडियाको आयोजनामा भएको पत्रकार सम्मेलनमा कार्यकारी प्रमुख मनोज नेवाः खड्गीले बृहत तथा भव्य र सभ्य रुपमा नेवाः आइडल सम्पन्न गर्ने बताएका छन्।

नेपालको सातवटै प्रदेशमा नेवाः आइडलको अडिसन हुने छ । आगामी कार्तिक–मंसिरमा हुने नेवाः आइडलका लागि बृहत तयारी प्रारम्भ भैसकेको आयोजकले जनाएको छ।

नेवाः आइडलले नेपालभाषाको सांगीतिक क्षेत्रलाई बृहत बनाउने विश्वास गरिएको छ। अमेरिकन आइडल, इण्डियन आइडल र नेपाल आइडल जतिकै नेवाः आइडललाई दमदार वनाउन आफूहरु क्रियाशील रहेको लहना मिडिया प्रा.लि.का व्यवस्थापक सुरेन्द्र भक्त श्रेष्ठले वताए ।

नेवाः आइडल हुने विजेतालाई कार सहित नगद पुरस्कार र उपविजेतालाई मोटरसाइकल सहित नगद पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here