ललितपुर/२९ वैशाख, नेपाल प्रेस युनियनले प्रेस युनियनले सञ्चार मन्त्रीका कार्यक्रम बहिस्कार गर्ने भएको छ । पत्रकारिता क्षेत्र र पत्रकारहरुको विरुद्ध सरकारकातर्फबाट संसदमा मिडिया काउन्सिल विद्येयक पेश गरेका कारण प्रेस युनियनले सञ्चारमन्त्रीका सबै कार्यक्रमहरु बहिस्कार गर्ने भएको हो। प्रेस युनियनले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरुद्ध देशव्यापी विरोध अभियान थाल्ने भएको छ। मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै युनियनले सञ्चारमन्त्री गोकुल बास्कोटाको हरेक कार्यक्रम बहिष्कार गर्ने जनाएको छ । त्यसैगरी जेठ १ गते अन्तरक्रिया कार्यक्रम गर्ने र जेठ २ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने व्यहोरा प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

                          नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीद्धारा जारी विज्ञप्तिः

मिडियालाई नियन्त्रण गर्ने नियत राखि वर्तमान केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम संञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियन आन्दोलित भएको छ । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिरुद्धमा गर्न खोजिएको ‘कू’ को बिरोधमा युनियनले यस अघि सुरु गरेको एकहप्ते कार्यक्रम अन्तर्गतको बाँकी कार्यक्रम सचिवालयको बैठक बसी अनुमोदन गरि सार्वजनिक गरिएको छ ।
निर्णयहरु
१ मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने संञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैका मितिबाट नेपाल प्रेस युनियनले बहिस्कार गर्ने र देशैभर तथा अन्तराष्ट्रिय शाखाहरुलाई समेत बहिस्कार गर्न निर्देशन दिने ।
२ मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको तर्फबाट संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने । काठमाडौ उपत्यका भित्रका शाखाका सदस्यहरुले केन्द्रीय समितिको कार्यक्रममा सहभागिता जनाउने । काठमाडौ उपत्यका बाहिरका शाखाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने ।
३ मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा जेठ १ गते देशैभरका शाखाहरुले अन्तर्क्रिया गर्ने । उपत्यका भित्रका शाखाहरुले केन्द्रीय समितिले गर्ने कार्यक्रममा सहभागिता जनाउने ।
४ मिडिया नियन्त्रण गर्न खोज्ने केपी ओली नेतृत्वको सरकार बिरुद्ध देशैभर जेठ २ गते प्रदर्शन गर्ने । काठमाडौ उपत्यकाको हकमा सबै शाखाहरुलाई केन्द्रीय समितिले दिउसो २ बजे माइतिघरबाट आयोजना गर्ने बिरोध प्रदर्शनमा सहभागिहुन निर्देशन दिने । साथै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई सो प्रदर्शनमा सहभागि हुन अपिल गर्ने ।
५ प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा सरोकारवालाहरुले गरेका सबै कार्यक्रमहरुमा सकृय सहभागिताको लागि देश भित्र र बाहिर रहेका सबै सदस्यहरुलाई निर्देशन गर्ने ।

अजयबाबु शिवाकोटी
महासचिव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here