सञ्जीववीर बज्राचार्य

ललितपुर, १० माघ ÷ कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्ने माग सहित प्रतिष्ठानबाट कृष्णप्रसाद भट्टराईको नाम हटाउने निर्णय तत्काल निर्णय खारेज गर्ने माग सहित नेपाल प्रेस युनियन ललितपुरले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझएको छ । 4

नेपाल प्रेस युनियन ललितपुरका अध्यक्ष जानुका बरालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझएको हो । सन्त नेता कृष्णप्रसाद भट्टराई नेपाली काँगे्रसका नेता तथा पूर्व सभापति मात्र नभई २००७ सालको राणा विरोधी ससस्त्र आन्दोलनका प्रखर विरोधी र सह कमाण्डर तथा देश, जनता र प्रजातन्त्रको लागि निरन्तर योगदान पु-याएका एक शिखर पुरुष समेत हुन् । भट्टराई जीवनभर प्रजातन्त्रका लागि वलिदान दिई १६ बर्ष लामो जेल जीवन विताएका र प्रजातन्त्रको लागि आफ्नो पारिवारिक सोच भन्दा माथि रही आजीवन अविवाहित रहेको व्यहोरा समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा, पूर्व प्रधानमन्त्री एवं पत्रकार संघ (हाल नेपाल पत्रकार महासंघ) का संस्थापक सभापतिको नाममा कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने गरी पूर्ववर्ती सरकारले गरेको निर्णयलाई उल्ट्याउँदै राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान राख्ने बर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारी निर्णय प्रति प्रेस युनियन ललितपुर गम्भीर आपति प्रकट गरेको छ । 1
बर्तमान सरकारले गरेको यो निर्णय कुनै पनि हालतमा उपयुक्त र न्यायोचित छैन भन्ने नेपाल प्रेस युनियन ललितपुरकोे ठहर छ । भट्टराई २०४६ सालको जनआन्दोलन पछि  बनेको संयुक्त बाम मोर्चा सहितको संयुक्त सरकारको नेतृत्व गरी सफलतापूर्वक संविधान निर्माणमा मुख्य भूमिका निर्वाह गर्ने व्यक्तित्व हुन् ।

अभिव्यक्ति स्वतन्त्रताका एक हस्तीको नाममा स्थापित प्रतिष्ठानको नाम परिवर्तन गर्ने निर्णयले वर्तमान सरकार र प्रधानमन्त्रीले संस्कारहीनता, असहिष्णुता र कृतघ्नतालाई नै प्रष्ट पार्छ । अन्तराष्ट्रिय परम्परा र अभ्यासलाई हेर्ने हो भने जुनसुकै दल र आन्दोलनसँग सम्बन्धित रहेका भए पनि राष्ट्रिय स्तरको योगदान भएका नेताहरुको नाममा अस्पताल, विमानस्थल, सडक, रंगशाला, र प्रतिष्ठानहरुको नामाकरण गरिएको हुन्छ । तिनलाई कुनै पनि सरकारले हटाउँदैन । तर, बर्तमान सरकारले नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा, पूर्व प्रधानमन्त्री एवं पत्रकार संघ (हाल नेपाल पत्रकार महासंघ) का संस्थापक सभापतिको नाममा कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने गरी पूर्ववर्ती सरकारले गरेको निर्णयलाई उल्ट्याउँदै राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान राख्ने निर्णय गरेर एउटा स्वतन्त्रता संग्रामका अग्रणीको अपमान गर्ने कार्य गरेको छ ।