ललितपुर/१६ बैशाख, ललितपुरको बागमती गाउँपालिकाले औपचारिक कार्यक्रमहरुमा व्याच तथा खादाको प्रयोगलाई निरुत्साहित गर्ने भएको छ । बागमती गाउँपालिकाको कार्यपालिकाको ३४ वोर्ड बैठकबाट यस्तो निर्णय भएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चनले आम सरोकारलाई वताए ।
गाउँपालिकाले अबदेखि आयोजना गर्र्ने कार्यक्रमहरुमा स्थानीय फूलहरुबाट बनेका मालाहरु प्रयोग हुनेछन् । गाउँपालिकाले आर्थिक मितव्ययितालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले वताइन् । यो निर्णय भएसंगै बागमती गाउँपालिका र वडा कार्यालयहरुले आयोजना गर्ने कार्यक्रमहरुमा व्याच र खादा प्रयोग हुनेछैन ।
व्याच र खादाको नाममा बर्षभरि धेरै रकम खर्च हुने गरेको छ । यसरी खर्च हुने रकमको सदुपयोग गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीयस्तरमा नै उत्पादन हुने फुलहरुको माला प्रयोग गरिने भएको हो । स्थानीय बलराम घिमिरेले भने, ‘गाउँपालिकाको यो निर्णयले स्थानीयस्तरमा नै रोजगार प्रवद्र्धनका लागि सहयोग पुग्ने छ।’ अबदेखि गाउँपालिकाले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा स्थानीय फूलहरुबाट बनेका मालाहरु प्रयोग हुनेछन् । स्थानीयहरुको आर्थिक लाभका साथै महंगो खर्चमा खरिद गरिने खादाको सट्टामा सस्तो मुल्यमा पाइने आकर्षक स्थानीय फूलका मालाहरुको सदुपयोग हुनेछ । गाउँपालिकाले गरेको यस्तो निर्णयलाई वडा कार्यालयहरुले समेत लागू गर्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here