ललितपुर/१८ चैत, ललितपुर महानगरपालिका वडा नं. १६ द्धारा आयोजित कला तथा संस्कृति महोत्सव आईतबार सम्पन्न भएको छ । यही चैत १३ गतेबाट सुरु भएको महोत्सव आइतवार १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । विश्व कला परिषदले यही कार्तिक २८ गते ललितपुर महानगरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरेपश्चत यो पहिलो महोत्सव सम्पन्न भएको हो ।

महोत्सवको समापन समारोहमा मन्तव्य राख्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ३५ औं कला नगरीको घोषणा पश्चात भएको यो महोत्सव कला नगरीको प्रवद्र्धनका लागि सुरुवाती काम भएको वताए । मेयर महर्जनले भने, ‘हामीहरुले पर्याप्त तयारी विना नै गरेको यो महोत्सव सुरुवाती कार्य मात्रै हो। यसका अलवा अरु महत्वपूर्ण कामहरु अझै धेरै गर्न बाँकी छ।’ महानगरपालिका मेयर महर्जनले ललितपुरको कला र संस्कृति संरक्षणमा महोत्सवबाट धेरै कुराहरुको ज्ञान हासिल भएको वताए।

महोत्सव समापन समारोहमा महोत्सव आयोजक ललितपुर महानगरपालिका–१६का अध्यक्ष निर्मलरत्न शाक्य, विश्व कला परिषदका काउन्सिल एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष धर्मराज शाक्य, नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य, ललितपुर महानगरपालिका हस्तकला समितिका संयोजक सुरेश महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, र ललितपुर हस्तकला संघका अध्यक्ष विसराम सिंहले संयुक्त रुपमा सो घोषणापत्र जारी गरेका हुन्।

समारोहमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले घोषणापत्रको कार्यान्वयनका लागि सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्ने खाँचो औल्याए । सो अवसरमा ललितपुर महानगरपालिका –१६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले कला नगरीको घोषणा अनुरुप कार्य अघि बढाउने प्रस्थान बिन्दुको रुपमा महोत्सवको आयोजना गरिएको वताए ।

यस्तो छ घोषणापत्रको पूर्ण पाठ

कला तथा सांस्कृतिक महोत्सव घोषणापत्र– २०७५

वल्र्ड क्राफ्ट काउन्सिले गत कार्तिक २८ गते ललितपुर महानगरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरेको अवसरमा ‘हस्तकला नगरीको उत्सव, कला र संस्कृतिको महोत्सव’ भन्ने मूल नाराका ललितपुर महानगरपालिका– वडा नं १६ को प्रमुख आयोजना तथा नेपाल हस्तकला महासंघ, नेपाल ललितकला तथा प्रज्ञा प्रतिष्ठान, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य संघको प्रर्वद्धनमा २०७५ साल चैत्र १३ गते बुधबारदेखि चैत्र १७ गते आईतबारसम्म सफलतापूर्वक सम्पन्न भएको ठहर गर्दछौं ।

कला तथा सांस्कृतिक महोत्सवका दौरान देखिएको टोलवासीको उत्साहजनक सहकार्य, दोस्रो दिन सम्पन्न बृहत अन्र्तक्रिया र तेस्रो दिन आयोजित हस्तकला विकासका लागि भएको सामूहिक छलफल समेतको निष्कर्षलाई मध्यनजर गर्दै महोत्सवका दौरानमा हस्तकला व्यवसायी, पर्यटन व्यवसायी, सहकारीकर्मी, जनप्रतिनिधि, संस्कृतिकर्मी, कालिगढ र कलाकार लगायत महोत्सवमा संलग्न सबैकोे साझा अभिमतको रुपमा ३५ औं हस्तकला नगरीको घोषणा अनुरुप कला, संस्कृति प्रवद्र्धन, कलाकार, कालिगढको हकहितको क्षेत्रमा ठोस महत्वपूर्ण कार्यहरु अघि बढाउन ललितपुरको पाटन शहरलाई हस्तकला नगरीका रुपमा थप विकसित गर्नुपर्ने ठहर गर्दै महोत्सवको उपलब्धिका रुपमा हामी निम्न घोषणा पत्र जारी गर्दछौं ।

हस्तकला नगरी निर्माणका लागि नीतिगत व्यवस्थातर्फ ध्यानाकर्षण :
(१) इतिहासको लामो समयदेखि नै यहाँका बासिन्दाहरुको मुख्य पेशा धातुकला, प्रस्तकला, धातुकला, पौभा चित्र, चित्रकला, मृतका कला तामाका भाँडाकुँडा बनाउन, हाते तान बुनाई , फिलगिरी  लगायत हस्तकलाको संरक्षण, सम्र्बद्धन कलाकार र कालिगढको हितमा विशेष योजना र कार्यक्रम तय गर्न संघ, प्रदेश र ललितपुर महानगरपालिकाका समक्ष हार्दिक अपिल गर्दछौं ।

(२) ललितपुर कला, संस्कृति र सम्पदाहरुको संरक्षण, सम्र्बद्धन गर्न ललितपुर महानगरलाई सांस्कृतिक शहरको रुपमा विकास गर्दै पर्यटकीय दृष्टिकोणबाट संस्कृतिमैत्री भौतिक पूर्वाधार, विकास निर्माणका नीति, योजना र कार्यक्रम प्राथमिकतामा राख्न संघ, प्रदेश र ललितपुर महानगरपालिका समक्ष हार्दिक अपिल गर्दछौं ।

(३) कला र कलाकारिताको सम्मानले जीवन्त संस्कृतिसँग जोडिएको हाम्रा परम्परागत हस्तकलाको प्रवद्र्धन हुनेमा दुइमत हुनसक्तैन । कलाकारिताको कदर स्थापनार्थ स्थानीय तहलाई दिइएको अधिकार अनुरुप ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदा यहाँको कला, संस्कृतिको इतिहास र कला, साहित्य र संस्कृति क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरुको जीवनी समावेश गराउनपनि जोडडार माग गर्दछौं ।

(४) कलाकारको क्षमता र अनुभवहरूको मूलप्रवाहीकरण, बजारीकरण, सबलीकरण, संस्थागत र संगठित बनाउँदै पर्यटकीय दृष्टिकोणबाट आधुनिक व्यवस्थापन गर्दै जानुपर्ने खाँचो छ । यस कार्यका लागि संघ सरकार, प्रदेश सरकार, स्थानीय तहले पनि आवश्यक वित्तीय, कानूनी र प्रोत्साहनमूलक विशेष सुविधाहरूको व्यवस्था गर्नुपर्ने टड्कारोलाई मनन गर्दै ती कार्यलाई अघि बढाउन जोडडार माग गर्दछौं । साथै, हस्तकलाको क्षेत्रमा काम गर्ने कालिगढहरुलाई बैकंबाट सहुलियत दरमा कर्जा, वा निब्याजी ऋण दिने व्यवस्था गर्नुपर्ने खाँचोतर्फ नीतिगत सम्बोधन गर्नपनि ध्यानाकर्षण गराउँदछौं ।

(५) हस्तकला क्षेत्रले मुलुकको अर्थतन्त्र र कला, संस्कृति, इतिहास, परम्परा, पहिचानलाई संरक्षण गरिरहेको छ । समुदायको समेत उल्लेख्य सहभागिता भएको हस्तकलाकोे क्षेत्रलाई विशेष क्षेत्रका रूपमा ग्रहण गरी ओझेलमा परेका गृहिणी महिला तथा उद्यमीहरुलाई प्रोत्साहित गर्न ३५ औं कला नगरीको मर्म अनुरुप विशेषतः महिला कालिगढहरुलार्ई ललितपुर महानगरपालिकामा व्यवसाय दर्तामा सहुलियत र कर छुट गर्नुपर्ने तर्फ पनि ध्यानाकर्षण गराउँदछौं ।

(६) इतिहासको लामो समयदेखि हस्तकलाका विशेष क्षेत्रकोरुपमा पहिचान बोकेको ललितपुरको विभिन्न स्थानलाई विशेष हस्तकला क्षेत्र घोषणामार्फत संरक्षित गर्न जोडदार माग गर्दछौं ।

(७) नेपाल आएका विदेशी पर्यटकहरूले हस्तकलाका वस्तुहरू खरीद गरी आफ्नो देश लिएर जाँदा भन्सार बिन्दुहरूमा अनावश्यक झन्झटको अन्त्य गर्न भन्सार नियमावली अनुसार पर्यटकहरूले स्थानीय बजारबाट खरिद गरेको प्रमाणको आधार र विदेशी मुद्रा सटहीको प्रमाणको आधारमा सरल र सहज निकासीको वातावरण बनाईदिन पनि संघ सरकारको विशेष ध्यानाकर्षण गराउँदछौं ।

(८) क्राफ्ट सिटीले ल्याएको अवसर तथा चुनौती सामना गर्नेखालका कार्ययोजनाबारे बहस छलफल कार्यक्रम सञ्चालनकालागि ललितपुर महानगरपालिकाले प्रत्येक वडामा कला र संस्कृति महोत्सवलाई बढावा दिने नीति तया योजना समेट्न विशेष माग गर्दछौं ।

हस्तकला नगरी निर्माणमा तात्कालिक प्राथमिकताका निम्न कार्य गर्न हाम्रो सामूहिक प्रतिवद्धता:

(१) क्राफ्ट सिटीको घोषणा अनुरुप कार्य अघि बढाउन ललितपुर महानगरपालिकाको क्राफ्ट सिटी समितिमा सबै सरोकारवालाको सहभागिता सुनिश्चित गराई वल्र्ड क्राफ्ट काउन्सिल ललितपुरको इकाइको स्थापना, विकासकासाथै आवश्यक स्रोत, साधन विनियोजित गर्न ध्यानाकर्षणकासाथै आवश्यक सहकार्य गर्न प्रतिवद्धता जाहेर गर्दछौं ।

(२) ललितपुरमा उत्पादित हस्तकलाजन्य उत्पादनको ब्राण्डिङ गर्न विशेष संकेत पेटेन्ट, कपीराइटको व्यवस्था मार्फत गरियोस् । ललितपुरमा कार्यरत हस्तकला व्यवसायीहरु तथ्याङ्क, कालिगढहरुले भोग्नुपरिरहेको समस्या, चुनौती, बजारको माग, हाल उत्पादन भईरहेका सामग्री बारे बृहत अनुसन्धान गर्नुपर्ने देखिन्छ । यस कार्यमा ललितपुर महानगरपालिकालाई नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य संघले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

(३) हस्तकला क्षेत्र आफैमा मुनाफा निश्चित नभएको र लामो समयसम्म ठूलो मेहनतको लगानीपश्चात् प्रतिफल दिने क्षेत्र भएकोले ढुवानी तत्व कारण ललितपुरका हस्तकलाका सामानहरू नेपाली र बाह्य दुवै बजारमा अन्य मुलुकका उत्पादन भन्दा महँगो पर्न जान्छन् । यो अवस्थालाई दृष्टिगत गरी हस्तकला क्षेत्रलाई करमुक्तिको व्यवस्था गर्न सबै मिलेर अघि बढ्न प्रतिबद्धता व्यक्त गर्दछौं ।

(४) हस्तकला क्षेत्रको सबलीकरणको लागि आवश्यक पर्ने दक्ष जनशक्तिको नियमित र पर्याप्त आपूर्ति हुने गरी जनशक्तिको विकास गरी थप रोजगारीको अवसर सिर्जना गर्न पनि सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउँदछौं ।यसका लागि ललितपुर महानगरपालिका र वडाले हस्तकलाको सीपमूलक तालिम र प्रशिक्षणहरु सञ्चालन गर्नुपर्नेमा जोड दिन चाहन्छौं । हस्तकलाका वस्तुहरुको गुणस्तरीयता कायम गर्ने उद्देश्यका कार्यक्रम , बजारको माग अनुरुप विविध डिजाईन सम्बन्धि तालिम प्रशिक्षणमा सघाउन हामी प्रतिवद्ध छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here