
ललितपुर/११ चैत, मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ । यही क्रममा सोमबार दाङ जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा दुई शाखा कार्यालय विस्तार गरेको छ । मुक्तिनाथ विकास बैकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको जनाएको छ।
घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका हुन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्नुपर्ने वताए । मेयर चौधरीले आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
गुलरीया शाखाको समुद्घाटन गुलरीया नगरपालिकाका मेयर श्री मुक्तिनाथ यादवले गरे । शाखा कार्यालय समुद्घाटन गर्दैै प्रमुख अतिथि यादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताए । उनले यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो
।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी आफ्ना ११४ वटा शाखा विस्तार गरेको छ। यस बैकका २२ वटा ए.टि.एम. सेन्टर रहेका छन्। मुक्तिनाथ विकास बैकले करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ए.टि.एम.कार्ड सेवा, ए.बि.बि.एस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।