३ माघ, ललितपुर । खाना पकाउने ग्यासको आपुर्ति बढेता पनि काठमाण्डौ लगायत देशभर ग्यासको अभाव अझै कायम रहेको छ । चार–पाँच महिनासम्म ग्याँस नपाएर पीडित सर्वसाधारणहरुले अहिलेपनि आधा सिलिण्डर ग्यासका लागि हप्तौं लाइनमा बस्नुपर्ने अवस्था कायमै छ ।
downloadग्यास उद्योगीले आपुर्ति अघिल्ला महिनाको तुलनामा बढेकाले बजारमा धेरै ग्यास पठाइएको दावी गरेका छन् । तर उपभोक्ता भनेउपभोक्ता हप्तौंदेखि ग्यासको लाइनमा छन् । ‘उपभोक्ताले सहज रुपमा ग्याँस नपाउँदा कष्टकर दैनिक जीवन यापन गर्न बाध्य छन् । अघिल्लो महिनाको तुलनामा यो महिना ग्याँसको आयात बढेता पनि बजारमा ग्यासको अभाव उस्तै छ’ धेरै ग्यासका सिलिण्डर कालोबजारी मा संग्लग्नहरुले कव्जामा लिएर आफुखुरी दरमा बिक्री गर्ने गरेका कारण वजारमा अभाव भएको हो ।’
ग्यास आयात बढ्दै
नेपाल आयल निगमको क्षेत्रीय कार्यालय बिराटनगरले अघिल्ला महिनाको भन्दा पुसमा राम्रो अनुपातमा आयात भएको बताएको छ ।
जोगबनी नाकाबाट साउनदेखि पुस मसान्तसम्म १४ हजार ९ सय ६५ मेट्रिकटन ग्यास आयात भएको छ । अघिल्लो वर्षको यही अवधिमा १७ हजार ३ सय ५३ मेट्रिकटन ग्यास आयात भएको आयल निगमले जनाएको छ ।
ग्यासको आयातमा तुलनात्मक रुपमा खासै कम भएको नदेखिएपनि बजारमा भने ग्यासको अभाव असामान्य छ ।
साउनमा जोगबनीबाट २ हजार ८ सय १४ मेट्रिकटन ग्यास आएकोमा भदौ महिनामा २ हजार ९ सय ५० मेट्रिकटन भित्रिएको छ ।
असोजमा १ हजार ८ सय १४, कार्तिकमा १ हजार ९ सय ४२, मंसिरमा २ हजार ३ सय ६० र पुस महिनामा ३ हजार २५ मेट्रिकटन ग्यास आयात भएको आयल निगमले जानकारी दिएको छ । आयल निगमले मोरङ, सुनसरी र झापाका आठवटा ग्यास उद्योगलाई ग्यास दिएको छ ।
कोशी ग्यासलाई धेरै
निगमले ६ महिनाको अवधिमा मोरङको कोशी उद्योगलाई सबैभन्दा बढी ३ हजार ९५ मेट्रिकटन ग्यास दिएको छ भने सुनसरीको प्रिमा ग्यास उद्योगलाई १ हजार ८ सय र सुनसरीकै मारुती ग्यास उद्योगलाई १ हजार ६ सय ४ मेट्रिकटन दिएको छ ।
झापाको मेची ग्यासले १ हजार ५ सय ६२ मेट्रिकटन , पराजुली ग्यास उद्योगलाई १ हजार २ सय, रिजाल ग्यासले ९ सय ३, कन्काई ग्यासले १ हजार ४० र सुगम ग्यासले ८ सय ४९ मेट्रिकटन लगेको छ ।
आयल निगम क्षेत्रिय कार्यालयका प्रमुख भुवन रेग्मीले ग्यासको आयात वढेकाले ग्यास वितरण सहज हुने बताए ।