ललितपुर /१० चैत, आइतबारदेखि सुरू भएको माध्यमिक शिक्षा (एसइई) परीक्षामा ललितपुरका ९ हजार ९ सय ३४ जना विध्यार्थीहरु सहभागी भएका छन् । जसमा छात्रतर्फ ५ हजार १ सय १० जना छन् भने छात्रातर्फ ४ हजार ७ सय ८४ जना रहेकाे जिल्ला शिक्षा विकास तथा समन्वय इकाई ललितपुरले जनाएकाे छ।

शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख गुणराज पाेखरेलका अनुसार जिल्लामा ३३ वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेकाे छ ।

सामुदायिक तर्फ ७५ वटा र संस्थागत तर्फ २१३ वटा गरी जम्मा २ सय ८८ वटा विद्यालयका विद्यार्थीहरु परिक्षामा सम्मिलित रहेकाे शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका शाखा अधिकृत शान्तिराम पाैडेलले जानकारी दिए।

परिक्षाकाे पहिलाे दिन अंग्रेजी बिषयकाे परीक्षा सम्पन्न भएको छ। याे वर्ष संघीय संरचनाअनुसार पहिलोपटक एसईई परीक्षा भएको हो ।

काेञ्ज्याेसाेम परिक्षा केन्द्र बिहिन
संघीय संरचनाअनुसार पहिलाे पटक भएको एसईई परिक्षामा ललितपुर जिल्लाकाे काेञ्ज्याेसाेम गाउँपालिका भने परीक्षा केन्द्र विहिन बनेकाे छ। काेञ्ज्याेसाेम गाउँपालिकामा ६ वटा माध्यमिक विद्यालयहरु रहेका छन्।

काेञ्ज्याेसाेमकाे वडा नं.२ शंखुमा रहेका मगरगाउँ मा।वि। मानेचाैर र सरस्वती मा.वि. स्यालभञ्ज्याङका विद्यार्थीहरुले गाेदावरी नगरपालिकाकाे बाणीविलास र बज्रबाराही परीक्षा केन्द्रबाट परिक्षा दिइरहेका छन्। गाेठभञ्ज्याङ मावि, दल्चाेकी, बागभैरव मावि चाैघरे, गुप्तेश्वर मावि नल्लु, बालेश्वरी मावि भारदेउका विद्यार्थीहरुले पनि गाेदावरी नगरपालिकाभित्रकै परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्।

महांकाल र बागमतीमा १/१ परिक्षा केन्द्र
जिल्लाकाे ग्रामीण भेगमा रहेको बागमती गाउँपालिका र महांकाल गाउँपालिकामा १/१ वटा परीक्षा केन्द्र रहेको छ ।
महांकाल गाउँपालिकाकाे महांकाल मावि केन्द्रबाट १६९ जना परिक्षार्थीले एसईई दिइरहेका छन्। जसमा ८३ जना छात्र  ८६ जना छात्रा परिक्षार्थीहरु छन्।

त्यस्तै बागमती गाउँपालिकाकाे कालीदेवी मावि प्युटार केन्द्रबाट छात्रतर्फ ५२ जना र छात्रातर्फ ८५ जना गरी १३७ जनाले परिक्षा दिइरहेका छन्।

जिल्लाकाे उपत्यका भित्र पर्ने गाेदावरी नगपालिकामा ५ वटा परीक्षा केन्द्र रहेका छन्। महालक्ष्मी नगरपालिका ४ वटा परीक्षा केन्द्र रहेका छन्। ललितपुर महानगरपालिकामा भने २२ वटा परीक्षा केन्द्र रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here