ललितपुर ३ चैत, ललितपुरको टिकाभैरवमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी चापागाउँ उपशाखाका सभापति मदन श्रेष्ठले आम सरोकारलाई जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी चापागाउ उपशाखा , टिका भैरब सो–क्योकुशिन कराते डोजो र प्राकृतिक कृषि सहकारी संस्था लिमिटेकोको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी चापागाउँ उपशाखाकै आयोजनामा यस अघि फागुन १४ गते ललितपुरको बज्रबाराही माविमा, फागुन २३ गते ललितपुरको जनभावना क्याम्पसमा र फागुन २७ गते बज्रबाराहीस्थित फुलबारी पार्टी प्यालेसमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here