ललितपुर/ ३० फागुन, सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएकाे छ।
समस्याका कारण बुधबार राती करिब १० बजेदेखि प्रयोगकर्ताले हैरानी व्यहोर्नुपरेकाे छ। यो खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा ठूलो समस्या हो।

नेपाललगायत संसारका विभिन्न भागमा फेसबुक समूहका यी तीन प्लेटफर्मको प्रयोग गर्ने विभिन्न प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपले राम्रोसँग काम नगरेको बताइरहेका छन् ।

फेसबुकले केही प्रयोगकर्तालाई फेसबुक चलाउन समस्या भइरहेको स्विकारेको छ ।

फेसबुकको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ, ‘केही प्रयोगकर्तालाई फेसबुकसँग जोडिएका एप्स प्रयोग गर्न समस्या भएको बारे हामी अवगत छौं । हामी यथाशीघ्र यो समस्यालाई सुल्झाउने कोसिस गरिरहेका छौं ।’

के हुन्छ त समस्या ?
फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन्। फाेटाे, युट्युवका लिंकहरु, अनलाइन सञ्चारमाध्यमका लिकहरु फेसबुकका पाेष्ट हुन सकेको छैन ।

म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ ।

अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ ।

डाउनडिटेक्टर नामको वेबसाइटले दाबी गरेअनुसार संसारभरी ११ हजार बढी प्रयोगकर्ताले फेसबुकमा समस्या व्यवहोरिरहेका छन् । यो वेबसाइटमा मानिसहरुले वेबसाइट र एप्समा हुने समस्या रिपोर्ट गर्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here