काठमाडौँ/२८ फागुन, भ्रष्टाचार विरुद्ध आर्ट काउन्सिलमा ३ दिने चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्धारा भ्रष्टाचार विरुद्धमा चित्रकला प्रदर्शनी सम्पन्न भएको हो । नेपाल आर्ट काउन्सिल बबरमहलमा यही फागुन २६ गते आइतबार देखि सुरु भएको प्रदर्शनी आज मंगलबार सम्पन्न भएको छ ।

ललितकला क्याम्पसमा अध्ययनरत तथा ख्याती प्राप्त युवा कलाकार हरुले तयार पारेको चित्रकला प्रदर्शनीमा राखिएको थियो। उक्त प्रदर्शनीमा होनाहार ६५ जना युवा कलाकारहरुले तयार गरेको चित्रकला राखिएको थियो ।

प्रदर्शनीमा राखिएका चित्रकलाहरु मध्येबाट १२ वटा चित्रहरु उत्कृष्ट चित्रकलामा छनौट भए। त्यो चित्रकला तयार पर्ने कलाकारहरुलाई समेत आयोजक संस्थाले पुरस्कृत गरेको छ। वरिष्ठ चित्रकार श्री गोविन्द डंगोल र टीआई नेपालका अध्यक्ष श्री खेमराज रेग्मी सम्मिलित छनौट टोलीले चित्रकलाहरुलाई मुल्याङकन गरेर छनौट गरेको हो ।

आफ्नो कलाकौशलता प्रदर्शन गर्दै भ्रष्टाचारविरुद्धको उत्कृष्ट चित्र बनाउन सफल कलाकारहरु उद्धवराज रिमाललाई प्रथम, कृष्ण लामालाई दोस्रो र साजन ह्यङ्गजुलाई तेस्रो हुन घाषित गरि पुरस्कृत गरिएको कलाकार सुरेम देसारले जानकारी दिए।
प्रथम, दित्तिय र तृतीय हुने कलाकारलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी अरु ९ वटा उत्कृट चित्रकला तयार गरी सम्मानीत हुने कलाकारहरुमा अनिल महर्जन, निरज चित्रकार, लक्ष्मण भुसाल, सविन आचार्य, कमल श्रेष्ठ, विद्यामन तामाङ, रोजन खड्का, विवश राई, कृष्णादेवी महर्जन रहेका छन्। उनीहरुलाई सान्त्वना पुरस्कार स्वरुप प्रतिव्यक्ति रु. २ हजार र प्रमाणपत्र उपलब्ध गराइएको छ । ललितकला क्याम्पसका उपप्राध्यापक श्री जस्मिन राजभण्डारीको संयोजनमा उक्त चित्रकला प्रदर्शनी सम्पन्न भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here