पञ्जाव, १८ पुस– भारतको पाकिस्तानको सिमा नजिक रहेको पठानकोट एअरबेसमा भएको आतंकवादी आक्रमणमा ३ जना सेना र ४ आतंकारीको मृत्यु भएको छ । डिसेम्वर २५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको भ्रमण गरी पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफसँग कुराकानी गरेका थिए ।
अहिले उक्त एयरबेसको १५ किलोमिटर आसपासमा सुरक्षाकर्मीले घेरा हालेर कडा निगरानी गरिरहेका छन् । जम्मु पठानकोट हाइवेमा गस्ती बढाइएको छ । भने पंजाव र जम्मु कश्मीरमा रेड अर्लट जारी गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार हमलाकारी भारतीय सेनाको वर्दीमा थिए । पञ्जावमा गत वर्षपछि हमला भएको थियो । गत वर्ष अगष्टमा गुरदासपुर प्रहरी थानामा भएको हमलामा ७ जना मारिएका थिए भने ३ हमलाकारीको मृत्यु भएको थियो ।