ललितपुर /६ माघ, आमरण अनसनरत डा. गोविन्द केसीले आफूसँग भएको सहमति कार्यान्वयन नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको आरोप लगाएका छन् । आइतबार त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षबाट वार्डमा सरे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै डा। केसीले सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन आउनुपर्ने बताए ।
१५ औं सत्याग्रहमा प्रधानमन्त्री ओली, जो नेकपा संसदीय दलका नेता पनि हुन्, उनीसँग सम्झौता भएको थियो’, डा। केसीले भने, सम्झौता गरेपछि पालना गर्नु पर्ने हो । तर, ओलीजीको बेइमानी हो ।’

यो आफ्नो र आफ्नो अभियानलाई मात्र नभई करोड नेपालीलाई धोका भएको उनको दाबी छ । तर, उनीहरुले नै डा। गोविन्द केसीको सबै माग सबै पूरा भयो भनेर जनतालाई भ्रममा पार्न कोसिस गरेको भन्दै उनले आपत्ति जनाए । उनले भने, ‘हामीसँग भएको सम्झौता अक्षरस पालना गरे म तुरुन्तै अनसन तोड्छु । सम्झौता पालना भए म किन अनसन बस्छु र ?’

आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै इलाम पुगेर १६ औं सत्याग्रह सुरु गरेका डा। केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि काठमाडौं ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here