काठमाडौं, १४ पुस–पोर्न स्टारबाट बलिउड स्टार बनेकी सन्नी लियोन अब आमा बन्ने तरखरमा छीन् । एक अन्तरवार्तामा उनले आफु आमा बन्न लागेको बताएकी छन् । परिवारबाट निरन्तर दबाबका आउन थालेपछि छिट्टै आमा बन्ने निर्णय लिएको लियोनको भनाइ छ । उनले भनेकी छीन्, ‘आमा  त पक्का बन्छु , अब समय तोक्न मात्र बाँकी छ ।’ आफ्नो रहरले भन्दापनि परिवारको दबाबले आमा बन्न लागेकी हुँ ।  उनका पति डायनियल वेभर र उनको लामो समय अघि देखि नै बच्चा जन्माउन चाहेको तर व्यस्तताका कारण सहि समय नपाएको लियोनले बताएकी छिन् ।  वैवाहिक जिवनको बारेमा  उनले भनिन् , ‘डायनियल मेरो नजिकका साथी हुन् , जिन्दगिका सुख दुख संगै बिताएका छौँ । मेरा सबै कुरा उसंग साट्न सक्छु ।  यदि उनका पति डायनियल नभएको भए आफु यो स्थानसम्म आउन नसक्ने पनि उनले बताएकी छन् ।  –एजेन्सी