काठमाडौं/१८ पौष, नेपाल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुनेगरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपेयाँ घटाएको हो ।
घटेको मुल्यअनुसार पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ ।
यसअघि प्रतिलिटर १ सय १० पर्ने पेट्रोलको मूल्य १ सय ८ मा झरेको छ । प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा कायम भएको छ।
नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा नाफा भएपनि एलपी ग्याँसमा प्रति सिलिण्डर ८० दशमलव ६९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here