काठमाडौ, १६ पुस–परिवर्तित र विकसित समाजसँंंगै नेपाली भाषामा शब्दहरुको भण्डार पनि फराकिलो बन्दै गएको छ । परिवर्तित अवस्थामा करिव ४० हजार नयाँं शब्द संकलन गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । नेपाली वृहत शव्दकोषमा थप नयाँ शब्दहरु सहित नेपाल प्रज्ञा प्रतिष्ठानले एकलाख भन्दा बढी शव्दहरु नयाँ नेपाली वृहत शब्दकोष प्रकाशन गर्ने तयारी गरेको छ ।  प्रतिष्ठानका प्राज्ञ सदस्य डा हेमाङ्गराज अधिकारीका अनुसार २०७२ सालमा संसोधित सहित पुर्नमुद्रण गरिएको नेपाली वृहत शव्दकोषमा ६० हजार शब्द छन् । तर, समाजको आधुनिकिकरण र विकाससँगै नेपाली भाषामा नयाँ नयाँ शब्दहरुको प्रयोग भइरहेकाले ती सवैलाई समेटेर वृहत नेपाली शब्दकोषमा नयाँं शब्दहरु समेट्न लागिएको हो । ‘मानिस आधुनिकिकरण हुँदै जाँदा भाषाको त्यही रुपमा विकास हुँदै जान्छ । अहिलेको शव्दकोषले सवैलाई समेटेको छैन । हामीले प्रयोगमा आएका सबै समेट्ने गरी तयारी गरेका छौ  ’– अधिकारीले भने ।  २०१४ सालमा नेपाल प्राज्ञ प्रतिष्ठान स्थापना भएपछि २०१९ सालमा पहिलोपटक प्रतिष्ठानका तर्फबाट नेपाली शब्दकोष निकालिएको थियो । जसमा करिव ३० हजार शव्द थिए । त्यसैगरी दोस्रो पटक २०४० सालमा निकालिएको वृहत शब्दकोषमा करिव ६२ हजार शब्द थिए  ।   अधिकारीका अनुसार २०५५ सालपछि सामान्य रुपमा केही शव्दहरुको थपघट तथा संसोधन गरेर नयाँ नेपाली वृहत शव्दकोष प्रकाशन गरिएको भए पनि त्यसमा चलन चल्तीमा रहेका सवै शव्दहरु समेटिएका छैनन् । चलन चल्तीमा रहेका शब्दहरुलाई समेट्नुपर्ने अहिलेको आवश्यकता हो ।   पछिल्लो समयमा भएको राजनीतिक घटनाक्रम, विज्ञान प्रविधि, सुचना सञ्चार र समाजको विकाससंगै नेपाली भाषामा नयाँ शव्दहरुको प्रयोग हुँदै आएको छ । तर, प्रतिष्ठानबाट प्रकाशित वृहत नेपाली शव्दकोषले ती सवैलाई समेटेको छैन ।   एकलाख शव्द पु¥याउनका लागि विभिन्न भाषिकाबाट शव्दहरु थपिने छन् भने अन्य मातृभाषाबाट नेपालीमा चलेका शव्दहरु पनि थप गरिने छ । त्यसैगरी नेपाली वृहत शव्दकोषमा नभएका तर, व्यवहारमा प्रयोग भएका नयाँ नयाँ शव्दहरु समेटिने छ ।  एकलाख भन्दा बढी शव्द सहितको नयाँ नेपाली वृहत शव्दकोष निकाल्ने योजना भए पनि आवश्यक प्राविधिक जनशक्तिको अभावले सोंचे जसरी काम हुन नसकेको अधिकारीले बताए । उनका अनुसार नेपाली भाषाको शब्दको श्रोत संस्कृत हो । तर, विभिन्न भाषा–भाषिसँगको सम्पर्कले नेपाली भाषामा शव्दको विकास हुँदै गएको हो । मगर, मैथली, भोजपुरी, अवधि लगायत नेपालमा वोलिने मातृभाषाहरुबाट समेत नेपाली भाषामा शव्दको विकास भएको अधिकारीले बताए ।  जुम्लाको सिंजाबाट सुरु  भएको नेपाली भाषाको थप विकास पश्चिम नेपालको भेरी र राप्तीका मगरबस्तीहरुमा भएको मानिन्छ ।