प्रहरी नायब उपरिक्षक प्रदीप बहादुर क्षेत्री

रमिला योञ्जन
काठमाण्डौ/१० पौष,
सुर्खेतमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारिता बढदै गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र सो कार्यालय मातहत कार्यालयवाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनका लागि जनचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिप्रका सुर्खेतले यही पौष ९ गते समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न बिद्यालय प्रधानाध्यापकहरुलगायत समुदायका विशिष्ठ व्यक्तिहरुसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । जिप्रका सुर्खेतका प्रहरी निरक्षक निरञ्जन घिमिरेको उपस्थितिमा भएको उक्त कार्यक्रममा ५३ जनाको उपस्थिति रहेको पनि जिप्रकाले जनाएको छ ।
यही पौष मसान्तसम्ममा सुर्खेत जिल्लामा रहेका सम्पूर्ण बस्तीहरुमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतका जनचेतनामुलक तथा अन्तरक्रियात्मक कार्याक्रमहरु गर्ने लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रदीप बहादुर क्षेत्रीले वताए।
जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहतका ३६ वटा प्रहरी कार्यालय तथा ईकाईहरुबाट सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु समेत जञ्चालन भएको प्रवक्ता क्षेत्रीले वताए ।
सुर्खेतका विभिन्न स्थानहरुमा घरेलु हिंसा, लागु औषध दुव्र्यसन, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण विरुद्ध जनचेतना, मानव बेचबिखन, बाल हिंसा बिरुद्ध र साईबर अपराध सम्बन्धि जनचेतनामुलक तथा अन्तरक्रियात्मक कार्यक्रम समेत संचालन गरिएको जिप्रका सुर्खेतले जनाएको छ । जसवाट अन्दाजी १२,०० जनाभन्दा बढि मानिसहरु लाभान्वित भएको प्रहरी कार्यालयको दावी छ ।
जवरजस्ती करणी मुद्धामा पुनरावेदन अदालतको फैसलाले दोषी ठहर्याएका सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं ८ घर भै हाल सोहि नगरपालिकाको वडा नं ७ ठेगाना भएका फरार अभियुक्त हेमराज गिरी (चौधरी ) लाई समेत जिप्रका सुर्खेतले पक्राउ गरी जिल्ला अदालत सुर्खेतमा वुझाएको जनाएको छ । अभियुक्त चौधरीलाई ७ वर्ष कैद सजायँ र तीन लाख रुपैयाँको क्षतिपूर्तिको फैसला भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here