ललितपुर /७ पौष, विहिबारबाट ललितपुरको चापागाउँमा सञ्चालन भैरहेको वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार सम्पन्न भएको छ । तीन दिनसम्म चलेको उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लव टिम च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी ५ स्वर्ण, ४ रजत र २ कास्य पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । आर्मी का चित्र सिंह ठकुरी, पदम राई, अनिता चौधरी, लुमन्ती श्रेष्ठ, विन्दु पुन मगरले स्वर्ण पदक ल्याउन सफल बनेका थिए

ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ कास्य पदक हासिल गर्दै सशस्त्र प्रहरीको टिम दोस्रो बनेको छ । सशस्त्रबाट सञ्जय राई, सुमन नेपाली र अञ्जली श्रेष्ठले स्वर्ण पदक जित्न सफल भए । त्यसैगरी तेस्रो स्थानमा सो क्योकुसिनले १ स्वर्ण, २ रजत र १ कास्य पदक हात पार्यो । सो क्युकोसिनका प्रदिप तामाङले स्वर्ण पदक हासिल गरेका थिए । १० वटा स्वर्ण पदक मध्ये १ स्वर्ण पदक शंखमूलले जित्यो । शंखमूलका योमेस तामाङले स्वर्ण पदक हासिल गरेका थिए । शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय नगद पुरस्कार हात पारे ।

पुरुषतर्फ सशस्त्रका सञ्जय राई र महिलातर्फ आर्मीकी लुमन्ती श्रेष्ठले सर्वोत्कृष्ट खेलाडी हुन सफल भए । त्यसैगरी सशस्त्रका सन्जिव महर्जन उदियमान खेलाडीका रुपमा चुनिए । तीनै खेलाडीले जनही १५ हजार नगद पुरस्कार जिते । टीकाथलीले अनुशासित टिमको उपाधि हात पार्यो ।

किक बक्सिङमा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत पुरुष ५० केजीमा एपीएफका सञ्जय राई पहिलो भए । उनले फाइनलमा एनबीसीका यानुब थुलुङ राईलाई पराजित गरे । ५५ केजीमा पहिलो भएका एपीएफका सुमन नेपालीले फाइनलमा आर्मीका महेश भुजेललाई हराए । ६० केजीको फाइनलमा शंखमूलका योमेश तामाङले आर्मीका राजेश चौधरीलाई पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

पुरुष ६५ केजीमा आर्मीका पदम राई तथा ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले स्वर्ण जिते । फाइनलमा पदमले एपीएफका सन्जिव महर्जन तथा प्रदीपले एपीएफका वीरेन्द्र सिंहलाई निराश पारे । खुलामा आर्मीका चित्रसिंह ठकुरीले जिते र । उनले फाइनलमा आफ्नै क्लबका किरणसिंह साउदलाई पाखा लगाए ।

महिलाको ५० केजीमा आर्मीकी एलिना चौधरीले एपीएफकी एलिशा चौधरी, ५५ केजीमा एपीएफकी एन्जिला श्रेष्ठले आयोजककी समिता राई, ६० केजीमा आर्मीकी लुमन्ती श्रेष्ठले सो क्योकुसिनकी शिवानी श्रेष्ठ तथा खुलामा आर्मीकी विन्दु पुन मगरले आर्मीकै मन्जु विकलाई फाइनलमा पाखा लगाउदै च्याम्पियन बने ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले २० हजार नगद र मेडल पाएका छन् । द्धितीयलाई दश हजार नगद र मेडल प्रदान गरिएको छ । तृतीय हुने दुई दुईजना खेलाडीले पाँच पाँच हजार नगद पुरस्कार र मेडल पाएका छन् । उत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई १५ /१५ हजार नगद पाएका छन् । अनुशासित टिमको उपाधि चोगथली बक्सिङ संघले पाएको छ ।

प्रतियोगितामा देशभरिकाबाट १५ वटा संघहरुबाट १४८ जना खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगितामा सबैभन्दा धेरै खेलाडी नेपाली सेना र सशस्त्र प्रहरीले उतारेका थिए । यो प्रतियोगितामा सर्वाधिक धनराशिको नगद पुरस्कार राखिएको थियो । नेपालमा पहिलो पटक राष्ट्रियस्तरको खुला किक बक्सिङ प्रतियोगितामा यति धेरै धनराशिको पुरस्कार वितरण गरिएको हो ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, विशेष अतिथि पूर्व अर्थराज्य मन्त्री तथा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष उदयशमशेर राणा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मेडल तथा नगद पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण तथा समापन कार्यक्रममा गायक प्रताप दास र हास्यकलाकार दिनेश काफ्लेले आआफ्नो प्रस्तुति दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here