ललितपुर/ १७ मंसिर, ललितपुर महानगरपालिकाले नगरपालिकाको तीन स्थानमा ट्राफिक लाइट जडान गरेको छ । महानगरले पहिलोपटक परिक्षणको क्रममा ललितपुरको कुपण्डोल, पुल्चोक र जावलाखेल गरी तीनवटा स्थानमा ट्राफिक लाइट जडान गरेको हो । यसबाट सफलता मिल्ने देखिएमामहानगरले अन्य १२ वटा स्थानहरुमा समेत ट्राफिक लाइट राख्ने तयारी गरेको पनि मेयर महर्जनले जानकारी दिए ।

महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीसंगको समन्वयमा ‘पव्लिक प्राइभेट पार्टनरसीप’को आधारमा ट्राफिक लाइट व्यवस्थापन गर्न लागेको हो । महानगरले कुपण्डोलको उकालोे वाटो,महानगरपालिकाको कार्यालय अगाडी र अल्का अस्पताल छेउमा ट्राफिक लाइट जडान गरेको छ । महानगरपलिका आगाडी मेयर चिरीबावु महर्जनले आजै स्वीच थिचेर उद्घाटन गरी सुरु गरेका हुन्।

दिनहुँ वढेको सवारी चाप र ट्राफिक व्यवस्थापनमा देखिएको समस्या अन्त्य गर्ने महानगरको अभियान अनुसार ट्राफिक लाइट जडान गरिएको मेयर महर्जनले वताए । महानगरभित्र ट्राफिक जामको समस्या समाधानका लागि सडकमा ट्राफिक लाइट राख्ने, फ्लाइ ओभरकोे व्यवस्था गर्ने लगायतका योजनाहरु मेयर महर्जनले अगाडि वढाएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here