बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संस्था जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपूरको २१ औ वार्षिक साधारण सभा यही २०७२ साल पुस २४ गते शुक्रबार ललितपूरको लगनखेलस्थित साझा पार्टी प्यालेसमा विहान १० बजेबाट सुरु हुने भएको छ । सहकारी मूल्य, मान्यता, आदर्श र सिद्धान्तलाई अनुशरण गरि सहकारी पद्धति मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्ने उद्देश्यका साथ यस संघ २०५० सालमा स्थापना भएको हो । संघका व्यवस्थापक सन्तोष बजगाईले वताए अनुसार यस संघमा a1हालसम्म ४८२ वटा वचत बचत तथा ऋण सहकारी संस्थाहरु आबद्ध भइसकेका छन् ।