ललितपुर/१० असोज, प्रथम राष्ट्रिय आइएफ केके क्युकोसिन कराते प्रतियोगितामा बज्रबाराही सो-क्युकोसिन कराते डोजोका खेलाडीहरुले दोस्रो, तेस्रो र उत्कृष्ट स्थान हासिल गर्ने सफल भएका छन् । यही असोज ८ गते दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको ३५ के जी तौल समुहमा बज्रवाराही सो-क्युकोसिन कराते डोजोका त्रिलोक व्लोनले दोस्रो स्थान र सुजन तामाङले तेस्रो स्थान हासिल गर्न सफल भएको डोजो प्रमुख जय देसारले आम सरोकारलाई जानकारी गराए । त्यस्तै ३५ के जी तौल समूहमा नै विवेक थापाले उत्कृष्ट स्थान हासिल गर्न सफल भएको पनि देसारले वताए ।
उक्त खेलमा बज्रवाराही सो-क्युकोसिन कराते डोजोका ५ जना खेलाडीहरु सहभागी भएको डोजो प्रमुख जय देसारले जानकारी दिए । विजेता खेलाडीहरुलाई आयोजकले सिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here