ललितपुर/०३ भाद्र, ललितपुर महानगरपालिकाद्धारा कसिंगर मुक्त ललितपुर अभियानको घोषणा गरिएको छ । यही भाद्र १ गते महानगरपालिकाका प्रवक्ता राजु महर्जनले प्रेस विज्ञप्ती जारी गर्दै कसिंगर मुक्त ललितपुर अभियानको घोषणा भएको जनाएका हुन् । यो अभियानमा ललितपुर महानगरपालिकाका साथै फोहोरमैला व्यवस्थपन प्राविधिक सहयोग केन्द्र तथा ललितपुरका रोटरी क्लवहरुको सञ्जालको महत्वपूर्ण भूमिका रहने महानगरपालिकाले जनाएको छ ।

यो अभियानमा यस वर्ष ललितपुर महानगरपालिकाको वडा नं. १२ र १६ मा अगुवा कार्यक्रमको रुपमा लागू हुने पनि महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कसिंगर मुक्त ललितपुर अभियानको सन्दर्भमा ललितपुर महानगरपालिकाले जारी गरेको विज्ञप्ति