आम सरोकार प्रतिनिधि
ललितपुर/१७ साउन, ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धीका वडा अध्यक्षलाई नेपाल कम्युनिष्ट पार्टीले सचेत पत्र काटेको छ । हरिसिद्धि इटा तथा टायल कारखानाको नाममा दर्ता कायम भएको जग्गा भुमाफियाको चलखेलमा अत्यन्तै न्युनत्म मुल्यमा बिक्री गरिन लागेपछि स्थानीय सरोकारवाला र जग्गाधनीको इच्चाविपरित हुने गरी विक्रीको लागि सिफारिस नदिनका लागि वडा अध्यक्षलाई नेपाल कम्युनिष्ट पार्टी ललितपुरले  सचेत गराएको हो ।

नेपाल कम्युनिष्ट पार्टी ललितपुरका सचिव विपिन शर्माद्धारा जारी सचेत पत्रमा भनिएको छ, ‘अनुत्पादक प्रयोजनको क्षेत्रमा भोगचलन हुने गरी भूमाफिया, राजनीतिक दलका नेताकार्यकर्ताहरु र सरकारी कर्मचारी समेतको मिलेमतोमा विक्री वितरण गर्न लागेको पछिल्लो चलखेल र षड्यन्त्रप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

हरिसिद्धि इटा तथा टायल कारखानाको नाममा दर्ता कायम भएको जग्गा अहिले बजरमा चलेको मुल्य अनुसार प्रति आना २५ लाख भन्दा माथिकै मुल्यमा बिक्री वितरण हुने पनि हरिसिद्दीका एक स्थानीयले वताए । उक्त जग्गा भुमाफियामै चलखेलमा प्रति आना १०/११ लाखको हाराहारीमा वेचिएको पनि बुझिन आएको छ ।

 

यस्तो छ नेपाल कम्युनिष्ट पार्टीको सचेत पत्र