काठमाडौँ/२१ असार, गायिका देशु गोलेले ‘फापर बारी’ बोलको तामाङ सेलो गीत सार्वजनिक गरेकी छिन् । चार मिनेट १८ सेकेण्डको उक्त गीतको भिडियोमा स्टुडियोमा खिचिएका दृश्यहरुलाई समावेश गरिएको छ। देशु गोलेको स्वर रहेको यस गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ।

देशु गोलेकै एरेन्जमा तयार भएको यस तामाङ सेलोमा शव्दहरुलाई मिठापूर्ण तरिकाले प्रस्तुत गरिएको छ । गायिका देशु गोलेले यस अघि लेकैमा चर्ने लेकाली भेडी, तिमिसँग बोल्दैमा लगायतका गीतहरु दर्शकमाझ ल्याइसकेकी छन्। जसलाई दर्शकहरुले पनि निकै मन पराएका छन्।