माधवप्रसाद घिमिरे
काठमाण्डौ/८ असार, काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ललितपुरका मेयर चिरीबावु महर्जनले अग्रसरता देखाएका छन् । यसै अनुरुप काठमाण्डौं उपत्यकाको ट्राफिक व्यवस्थापनको विषयमा ललितपुर महानगरपालिका र काठमाण्डौं महानगरपालिकाका मेयर, उपमेयर तथा विज्ञशरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । असार ७ गते विहिवार ललितपुर महानगरपलिकामा सम्पन्न अन्तरक्रियामा ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जन, काठमाण्डौ महानगरपालिकाककी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र ललितपुर महानगरपलिकाकी उपमेयर गीता सत्याल,सडक विभागका प्रतिनिधि, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, जाइकाका प्रतिनिधि लगायत तथा विज्ञहरुसमेतको सहभागिता रहेको थियो । अन्तरक्रियामा ट्रान्सपोर्ट तथा ट्राफिक विज्ञ पार्थ पराजुलीले ट्राफिक व्यवस्थापन, सडकहरुको सुधार तथा जनप्रतिनिधिहरुको भूमिका लगायतका विषयहरु समेटेर प्रस्तुतीकरण गरेका थिए ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा रहेको बेलामा ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनको विषयलाई उच्च प्राथामिकता दिएर बजेटमा समेट्न लागेको ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जनले वताए । मेयर चिरीवावु महर्जनले भने, ‘ललितपुर महानगरपालिकाको ट्रापिक व्यवस्थापनका लागि सिङ्गो काठमाण्डौं उपत्यकाको ट्राफिक व्यवस्थापनको गुरु योजना बनाउनु आवश्यक छ । यसका लागि विज्ञहरुको सहगोग र समन्वयमा महानगरपालिका काम गर्न चाहान्छ । हामी तपाईहरु ९विज्ञ, सम्बन्धित सरोकारवाला०संग समन्वय र सहकार्य गरेरै अगाडि बढ्छौं ।’ मेयर महर्जनले साझा बससंग सहकार्य गरेर इलोक्ट्रोनिक बसहरु ल्याउन लागेको जानकारी दिंदै भने, ‘हाम्रो नगरपलिकालाई प्रदुषण मुक्त राख्न पनि हामीले पहल गर्नु पर्छ । पेट्रोलबाट चल्ने सवारी साधनहरुलाई विस्तारै न्युनिकरण गर्न इलोक्ट्रोनिक बसहरु चलाउनु आवश्यक छ । त्यसका लागि हामीले साझा यातायातसंग सहकार्य गरेर ३ महिनाभित्रै इलोक्ट्रोनिक बसहरु सञ्चालनमा ल्याउछौं । त्यसका लाथि ३ करोड रुपैयां छुट्याईसकेका छौं । ’
अहिले पनि काठमाण्डौं उपत्यकामा वातावरण प्रदुशणको कारण दैनिक ९ जनाको मृत्यु हुने गरेको र ६३ प्रतिशत प्रदुशण सवारी साधनकै कारण हुने गरेको पनि अन्तरक्रियामा सहभागी विज्ञहरुले वताए ।