ललितपुर/ १६ चैत, नेपाल ट्रेड युनियन कांग्रेस ललितपुरको यही चैत १४ र १५ गते भएको छैटौँ जिल्ला अधिवेशनबाट कमल कुमार बिष्ट पुनः अध्यक्षतामा निर्वाचित भएका छन्। छैठौ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चैत १५ गते भएको निर्वाचनमा बिष्टले प्रतिस्पर्धी ध्रुव खनालालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन् । अधिवेशनका ६१८ प्रतिनिधिहरुमध्ये नेतृत्व चयनका लागि ५२१ जनाले मतदान गरेका थिए । अध्यक्ष विष्टले ३८० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी धुव खनालले १२३ मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्ष्यमा सुरेश थापा निर्वाचत भएका छन् थापाले २०७ मत प्राप्त गरे भने उपाध्यक्ष पदका प्रतिस्पर्धी अर्जुनबहादुर थापा मगरले १२१ मत र कञ्चन ध्वज विष्टले १७२ मत प्राप्त गरे।
२२ सदस्यीय कार्यसमितिकालागि भएको निर्वाचनमा अध्यक्ष र खुल्ला उपाध्यक्ष पद बाहेक सम्पूर्ण पदमा २० जना निर्विरोध निर्वाचित भए। महिला उपाध्क्षमा डिल कुमारी भण्डारी, सेवा क्षेत्रतर्फको उपाध्यक्ष्यमा बासु सिलवाल, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा रमेश महर्जन, स्वरोजगार क्षेत्र उपाध्यक्ष शंकर सेन ठकुरी, सचिवमा महेश्वर खत्री, सह सचिवमा अमृत श्रेष्ठ र अन्जन सिंह बस्नेत, कोषाध्यक्ष सन्तोष थापा भुजेल, सह कोषाध्यक्षमा रन्जु बस्नेत निर्वाचित भए।

त्यस्तै खुल्ला सदस्यहरुमा शुशिल कुमार बोगटी, श्री भतिm शाह, श्री शिवराम बि.क., बाबुरत्न महर्जन र ओम बहादुर मगर निर्विरोध निर्वाचित भए । महिला सदस्यहरुमा इन्दु बि.क., तारा थापा, इश्वरी नेपाली र मन्जु गैरे निर्विरोध निर्वाचित भए । त्यस्तै युवा संयोजकमा उज्वल प्रधान नापिक र महिला संयोजकमा सुजना तुलाधर निर्विरोध निर्वाचित भएका हुन् ।