काठमाण्डौ/१४ चैत, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय जनअदालतले पुष्पकमल दाहाललाई उपस्थित हुने बारेको पत्र काटेको छ । उक्त पाटीको केन्द्रीय जनअदालतले पुष्पकमल दहाल प्रचण्डको निवास ललितपुर महानगरपालिका वडा नम्बर १५, खुमलटार र १५ नम्बर वडा कार्यलयको भवनमा १५ दिने पुर्जी टाँस गरेको जनाएको छ ।

२०७४/१२/१३ गतेको दिन केन्द्रीय जनअदालत रोल्पाबाट जारी जरिएको पत्रमा प्रकाशको हस्ताक्षर रहेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय जनअदालतले विभिन्न ४ बुँदे विषयहरु उल्लेख गरी पूर्वप्रधानमन्त्री प्रचण्डलाई सूचना टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदातल रोल्पामा उपस्थित हुन भनेको छ ।

यस्तो छ नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय जनअदालतले टाँसेको सूचना